इतिहासले अर्को मोड लिँदैछ – विप्लव, महासचिव–नेपाल कम्युनिस्ट पार्टी
मङ्सिर ८ गते काठमाडौँमा एउटा जनभेल उर्लियो । खासगरी यो जनभेल तीन उद्देश्यका लागि त्यहाँ पुगेको थियो । पहिलो, नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको पाँचौँ वार्षिकोत्सव मनाउन, दोस्रो, सामाजिक दलाल पुँजीवादी सरकारका जनविरोधी, राष्ट्रविरोधी कार्यको विरोध गर्न र तेस्रो, एकीकृत जनक्रान्ति अगाडि बढ्दै छ भन्ने सन्देश दिन । जनताको प्रवृत्ति अग्रगामी, परिवर्तनकारी र क्रान्तिकारी हुने भएकैले जनतालाई इतिहासका निर्माता भनिएको हो । नेपाली जनता आजको दलाल पुँजीवादी सत्ता र सामाजिक दलाल पुँजीवादी सरकारसँग न सन्तुष्ट छन्, न त चुपचाप नै बस्न सक्छन् । उनीहरू अझै अर्को परिवर्तन चाहन्छन् । क्रान्तिको नेतृत्वलाई साथ दिन तयार छन् र वैज्ञानिक समाजवादप्रति भरोसा राखेका छन् । इतिहासले अर्को मोड लिँदैछ ।
हामीले छैटौँ पूर्ण बैठकबाट संश्लेषण गरेका छौँ– यो सरकार नाममा कम्युनिस्ट तर काममा दलाल पुँजीवादी सरकार हो । त्यसैले यसलाई सामाजिक दलाल पुँजीवादी सरकार भन्नुपर्छ । अहिले व्यवहारतः यो राम्रोसँग साबित भएको छ । यसले राष्ट्र र जनताका विरुद्ध गरिरहेका अपराध, दमन र घातहरूले यसैलाई पुष्टि गर्दछन् ।
जहाँसम्म केपी—प्रचण्ड सरकारले दिएको ‘शान्ति, समृद्धि र विकास’ को नारा छ यो श्रमिक जनतालाई अशान्ति, असमृद्धि (कङ्गाल) र अविकासको मूल कारणबाट पर सार्ने, ध्यान मोड्ने यथास्थितिवादी, शोषक वर्गीय नारा हो । यसमा देश र जनता गरिब, दुःखी, उत्पीडित, पराधीन हुनुको मूल कारण वर्गीय राज्यसत्ता हो र आजको सन्दर्भमा दलाल पुँजीवादी सत्ता हो । यसले जनतालाई एकदमै गलत ठाउँमा पु¥याउँछ । त्यसैले हाम्रो पार्टीले ‘शान्ति, समृद्धि र स्वाधीनताका लागि वैज्ञानिक समाजवाद’ भन्ने नारा दिएको छ ।
खासगरी झापा विद्रोहका नामले चर्चित कम्युनिस्ट विद्रोह उल्लेखनीय रहेको छ । त्यसले सिङ्गै नेपाली श्रमिक वर्गलाई क्रान्तिकारी मार्गमा अग्रसर हुन महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । तर झापा विद्रोहका बन्दुकलाई प्रतिक्रियावादी सत्ताका सामु मिल्काएर आत्मसमर्पण गर्न पुगेपछि पूर्वलाई संशोधनवादी हावाले नराम्रोसँग गाँज्यो । पछि महान् जनयुद्धले पुनः झापा विद्रोहको बिउलाई राँकोमा बदल्दा पूर्व पुनः क्रान्तिको केन्द्रमा परिणत हुन पुग्यो ।
केपी—प्रचण्ड सरकारको दमन हाम्रो पार्टी र नेताहरूमाथि देखिए पनि यो दमन जनताले अगाडि बढाउँदै गरेको एकीकृत जनक्रान्ति, जनताको मुक्ति र जनताको सत्तामाथिको दमन हो । हामीले पहिले पनि धेरै ठाउँमा स्पष्ट गरेका छौँ– जनयुद्धलाई पार्टीबाहिर र भित्रका प्रतिक्रान्तिकारी प्रवृत्तिहरू मिलेर समाप्त पारेपछि शासकवर्गहरूको स्वर्ग अव निर्वाध रूपले चल्नेछ, उनीहरूको शोषण, दमन र लूट परसम्म जानेछ भन्ने भ्रम थियो । हाम्रो पार्टीले त्यसलाई परास्त गरेपछि नयाँ र पुराना शासकहरूलाई भाउन्न भएको छ । उनीहरूमा आवेग र आक्रोश पैदा भएको छ । दमन त्यसैको कारण हो ।
दोस्रो कुरा, हाम्रो पार्टी एकपछि अर्को क्रान्तिको उचाइमा उठ्दै गएको छ । केन्द्रीय समितिको बैठकमै उनीहरू हमला गर्न चाहन्थे । पार्टीको योजना र जनमुक्ति सेनाको प्रतिरोधका कारण त्यो असफल भयो । बैठक सम्पन्न भयो । त्यसपछि उनीहरू हाम्रो केन्द्रीय समितिको बैठकका योजनालाई ध्वंस गर्नका लागि ‘एम्बुस’ गर्नेतिर गए । बाटो ढुकेर अस्वाभाविक प्रकारले हमला गरियो । केन्द्रका पनि मुख्य नेताहरूलाई नियन्त्रणमा लिएर केन्द्रीय समितिको योजनालाई असफल पार्ने उनीहरूको गुरुयोजना थियो । सोही योजनाअनुरूप कमरेड प्रकाण्ड, कमरेड शिलु, पदम राई, ओमप्रकाश पुन, जीवन्त, गम्भीर, किरण, दीपेश, असल, आजाद, देवनारायणलगायत सयौँजना कमरेडलाई गिरफ्तार गरे, मानसिक एवम् भौतिक यातना दिए तर पार्टी प्रतिक्रियावादी तत्वहरूले सोचेजस्तो चीज होइन र थिएन । यसले आफ्नो योजनालाई चौतर्फी अगाडि बढायो । देशको राजनीतिक वस्तुस्थिति पनि उनीहरूले गरेको दमनलाई स्वीकार्य हुने थिएन । केपी–प्रचण्डको उद्दण्डता कसैलाई मनपरेको थिएन । एउटा राम्रै जबाफी घेराबन्दी नामधारी कम्युनिस्टहरूका विरुद्ध भयो । नेपाल बन्द, विरोध प्रदर्शन, कानुनी सङ्घर्ष व्यापक रूपले सञ्चालन भए । क्रान्तिकारी पार्टीहरू त खुलेर विरुद्धमा उत्रिए भने प्रायः मानवअधिकारवादी, कानुनविद्, बुद्धिजीवीहरू सरकारी दमनविरुद्ध उभिनुभयो । कतिसम्म भने सरकारी पार्टीकै कैयौँ इमानदार नेता र बुद्धिजीवीहरू सङ्घर्षमा सहभागी बने । उता हिरासतभित्र केन्द्रीय नेतादेखि कार्यकर्तासम्म दृढतापूर्वक पार्टी नीतिअनुरूप सङ्घर्षमा उत्रिनुभयो । जनताको समर्थन त व्यापक नै थियो । यी सबै सङ्घर्षका कारण उहाँहरू मुक्त हुन सफल हुनुभयो ।
विद्रोह, क्रान्ति, परिवर्तनको सम्बन्ध पार्टी र त्यसको नेतृत्वसँग प्रत्यक्ष जोडिएको हुन्छ । कैयौँ समयमा यो निर्णायक (विचार निर्माण र कार्यान्वयनको अवधिमा) जस्तो नै हुन्छ । यो पक्षलाई ख्याल नपुर्याउँदा धेरै महान् सम्भावना बोकेका आन्दोलनहरू धेरै पछि धकेलिएका पनि छन् । यसमा हाम्रो पार्टी गम्भीर नै छ । तर हामी सँगै अर्को पक्षमा पनि त्यत्तिकै स्पष्ट छौँ– क्रान्तिमा बलिदान हुन्छ । क्रान्तिको मूल्य नै बलिदान हुन्छ । यद्यपि भौतिक बलिदानलाई मात्र नबुझौँ । त्यो बलिदान संयोगले नेताहरूको भागमा आउँछ भने पनि हामी स्वीकार गर्न तयार भएर हिँडेका छौँ । क्रान्तिको मैदान यस्तो हो जसको अनिश्चयलाई जसलाई नापेर क्रान्तिमा हेरफेर गर्न सकिँदैन ।
इतिहासले दिएको शिक्षाले भन्छ– पुँजीवाद–दलाल पुँजीवाद अशान्तिको स्रोत हो । शोषक वर्ग र श्रमिक वर्ग, उत्पीडक र उत्पीडित, पुँजीपति वर्ग र सर्वहारा वर्ग कहिले शान्तिपूर्वक बसेका छन् र ? माक्र्सको भाषामा उनीहरू कहिले लुकिछिपी त कहिले खुलमखुला रूपले एकअर्का विरुद्ध सङ्घर्षरत रहने गरेका छन् । पुँजीवादले मुठीभर शोषकवर्गका लागि जनतामा बल प्रयोग गर्छ । उसको दमनका कारण हिंसा भित्रभित्रै बलिरहेकै हुन्छ । त्यसले उपयुक्त मार्ग पाउनासाथ बाहिरै देखिने गरी विष्फोटक रूप लिने मात्र हो । यो कसैको पनि मनोगत चाहनाभन्दा स्वतन्त्र छ । एउटा कुरा सर्वसत्य छ– श्रमिक जनताले बलपूर्वक नफालेसम्म दलाल पुँजीवादी सत्ता आफैँ समाप्त हुनेछैन र वैज्ञानिक समाजवाद स्थापना हुनेछैन । हाम्रो एकीकृत जनक्रान्तिको सन्दर्भ पनि यस्तै हो । समाज पूर्ण शान्तिमा त त्यस बेला मात्र रहनेछ जब कम्युनिस्टहरूले सत्ता सञ्चालन गर्दै सत्ताको नै पूर्ण रूपले उन्मूलन गर्न सफल हुनेछन् । त्यो भनेको वैज्ञानिक समाजवाद–साम्यवाद हो ।
केपी–प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकार बनेपछि हाम्रो पार्टीविरुद्ध व्यापक दमन भयो । सापेक्षित रूपले कमजोरलाई पहिले निल्ने प्रतिक्रियावादी राज्यको नीति एवम् सरकारको नेतृत्व गरिरहेका नेताहरूको क्षेत्रका कारणले पनि यो दमन गरिएको छ । तर पछिल्लो समयमा पूर्वी कमान्डको पार्टी, त्यहाँ जिम्मा लिएका नेताहरू, कार्यकर्ता कमरेडहरूको सशक्त पहलमा पार्टी–क्रान्तिका कामहरू व्यवस्थित रूपले अगाडि बढेका छन् ।
हाम्रो देश सानो हुँदाहुँदै पनि यसको विविधता र राजनीतिक सङ्घर्षको इतिहास विशिष्ट खालको छ । पूर्वी नेपाल क्रान्तिकारी सङ्घर्ष र विद्रोहको दृष्टिले अगाडि रहेको क्षेत्र हो । खासगरी झापा विद्रोहका नामले चर्चित कम्युनिस्ट विद्रोह उल्लेखनीय रहेको छ । त्यसले सिङ्गै नेपाली श्रमिक वर्गलाई क्रान्तिकारी मार्गमा अग्रसर हुन महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । तर झापा विद्रोहका बन्दुकलाई प्रतिक्रियावादी सत्ताका सामु मिल्काएर आत्मसमर्पण गर्न पुगेपछि पूर्वलाई संशोधनवादी हावाले नराम्रोसँग गाँज्यो । पछि महान् जनयुद्धले पुनः झापा विद्रोहको बिउलाई राँकोमा बदल्दा पूर्व पुनः क्रान्तिको केन्द्रमा परिणत हुन पुग्यो । तर प्रचण्डहरूको गद्दारी र आत्मसमर्पणले पूर्वलाई पुनः गाँज्न पुग्यो । पूर्वको निम्न पुँजीवादी–मध्यम वर्गीय अर्थ राजनीतिक आधारले त्यसलाई मलजल ग¥यो । तर पूर्वमा क्रान्तिको बिउ अहिले पनि ज्युँदोजाग्दो रूपमा छ र एकीकृत जनक्रान्तिको अभियान अगाडि बढेपछि अहिले दिनप्रतिदिन क्रान्तिकारी उभार बढ्दै गएको छ ।
केपी–प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकार बनेपछि हाम्रो पार्टी विरुद्ध व्यापक दमन भयो । सापेक्षित रूपले कमजोरलाई पहिले निल्ने प्रतिक्रियावादी राज्यको नीति एवम् सरकारको नेतृत्व गरिरहेका नेताहरूको क्षेत्रका कारणले पनि यो दमन गरिएको छ । तर पछिल्लो समयमा पूर्वी कमान्डको पार्टी, त्यहाँ जिम्मा लिएका नेताहरू, कार्यकर्ता कमरेडहरूको सशक्त पहलमा पार्टी–क्रान्तिका कामहरू व्यवस्थित रूपले अगाडि बढेका छन् । हाम्रो पार्टीको सचेतता यसमा छ– एक क्षेत्रबाट क्रान्तिलाई कमजोर बनाउँदै लाने, देशको क्रान्तिलाई असन्तुलित पारिदिने र क्रान्तिको घाँटी निमोठ्ने प्रतिक्रान्तिकारीहरूको षड्यन्त्रलाई अहिलेदेखि नै परास्त गर्दै जानुपर्छ । पूर्वमा कमरेडहरूले जसरी मेहनत गरिरहनुभएको छ स्वाभाविक रूपमा नेतृत्वको विकास पनि भइरहेको छ र त्यसलाई पार्टीले प्रेरित गर्ने नीति पनि लिएको छ । आउँदा दिनमा यो पूरा हुनेछ भन्ने विश्वास छ ।
पूर्वको वर्गसङ्घर्ष र प्रतिरोध आन्दोलन त्यहाँका न्यायप्रेमी जनता, उत्पीडित जनता, सर्वहारावर्गको क्रान्तिसँग जोडिएको आन्दोलन हो । कुनै व्यक्तिले क्रान्तिको बिउ मास्छु भन्छ भने उसकै बिउ मासिन्छ । कसैले क्रान्तिको घाँटी निमोठ्छु भन्छ भने उसैको घाँटी निमोठिन्छ । उसको अन्त्य हुन्छ । जनतालाई दमनबाट ठीक गर्छु, प्रतिक्रान्तिकारी सत्तालाई बचाएर वैभवको जीवन भोग्छु भन्ने फासिस्ट शासकहरूको समेत उठीबास र सर्वस्वहरण भयो भने खहरेजस्ता नेपाली संशोधनवादीहरूको हालत बिजोक भएर समाप्त हुनेछ । बुद्धि फिरेमा कसैले पनि त्यस्तो सोच्ने छैनन् भन्ने हाम्रो सुझाव रहन्छ ।
नेपाल भूमिभित्र राष्ट्रघात गर्ने कुनै पनि संस्थाहरू नेपाली जनतालाई स्वीकार्य हुनेछैनन् । ती संस्था विरुद्धका सङ्घर्षहरूलाई हाम्रो पार्टीले नेतृत्व गर्नेछ ।
जहाँ क्रान्तिकारीहरूको प्रभाव केही कमजोर हुन्छ तर क्रान्तिको सम्भावना प्रबल हुन्छ त्यस्तो ठाउँमा विदेशी साम्राज्यवादी र देशीय प्रतिक्रियावादीहरूको चलखेल, हस्तक्षेप र उक्साहट बढी हुन्छ । उनीहरू त्यस्ता ठाउँका प्राकृतिक स्रोतसाधन, बजार, पुँजी सबैमा नियन्त्रण गरेर लुटमार गर्न अग्रसर हुन्छन् । पछिल्लो समय पूर्वी नेपालमा भारतीय साम्राज्यको हस्तक्षेप यसैको उदाहरण हो । हेर्नुस् न भारतले कति प्राकृतिक स्रोतमा नङ्ग्रा गाडेको छ । अरुण ३, कोसी उच्चबाँध, विराटनगरभित्रका चलखेल, मेडिकल क्षेत्र, जनकपुर सारामा नाङ्गै कुदिरहेको छ । तर आफ्नो स्रोतमा ठाडो लूट हुँदा पनि यहाँका राजनीतिज्ञ, व्यापारी, बुद्धिजीवी, पार्टीहरू उसैको तलुवा चाट्दै हिँडेका छन् । केवल हाम्रो पार्टीले सबैतिर सशक्त प्रतिरोध गरिरहेको छ । यही हर्कत पश्चिममा पनि गर्न चाहेको छ तर यहाँका क्रान्तिकारीहरूको प्रतिरोधले गर्दा त्यही रूपमा सफल हुन सकेको छैन । माथिल्लो कर्णाली र अरुण तीन एकै खालका परियोजना हुन् । त्यसमा अरुण तीन झन् खराब छ तर त्यसका विरुद्धको सङ्घर्ष संखुवासभा, भोजपुर, उदयपुर तथा पूर्वी नेपालमा जसरी जनस्तरबाट हुनुपथ्र्यो त्यो भइरहेको छैन । कारण एमाले–माकेहरूको आत्मसमर्पणवादी र राष्ट्रघाती प्रवृत्तिको नकारात्मक असर त्यहाँ छ । काङ्ग्रेसको त कुरै नगरौँ, ऊ पहिले नै कोसीमा डुबिसकेको तत्व हो । तर हामी स्पष्ट भन्छौँ– राष्ट्रघाती सम्झौताहरू कुनै पनि सफल हुने छैनन् । ती सारा ध्वस्त हुनेछन् । त्यहाँ काम गरिरहेका कम्पनी, ठेकेदार, व्यक्तिहरूले समयमै बुद्धि पु¥याए हुन्छ । पछि पछुतो गर्ने स्थिति नआओस् ।
नेपाल भूमिभित्र राष्ट्रघात गर्ने कुनै पनि संस्थाहरू नेपाली जनतालाई स्वीकार्य हुने छैनन् । ती संस्था विरुद्धका सङ्घर्षहरूलाई हाम्रो पार्टीले नेतृत्व गर्नेछ । अरुण ३ को बिजुली निकालेर सबै भारतले पटना लानुछ भने, बिजुलीका नाममा अरुण र कोसी नदीमा अतिक्रमण गर्दैछ भने यो योजना कसरी सफल हुन दिन सकिन्छ र किन दिने ! नदीहरू भारतमै छन् । उहीँ निकाले भयो नि ? फेरि भारतले इमानदारीपूर्वक काम पनि त गर्दैन । केपी ओलीले पार्टी फुटाइ–फुटाई महाकाली नदी भारतलाई दिए । उनले वार्षिक अर्बौं कमाइ हुने लाजलाग्दो तर्क गरेका थिए तर त्यो भयो त ? महाकाली कब्जा गरेपछि भारतका आँखा अरू हिमाली नदीमा परेका छन् । के हामी नेपालीले चुपचाप देशलाई बन्धकी जान दिने हो ! किमार्थ यो स्वीकार्य हुन सक्दैन ।
हाम्रो पार्टीले ऐतिहासिक महाधिवेशनबाट केही दूरगामी महत्वका विचार र नीतिहरू अगाडि सारेको छ । त्यसमा मध्यम वर्गमा पर्ने चिकित्सक, इन्जिनियर, वैज्ञानिक, वकिल, प्राध्यापक, शिक्षक, साना व्यापारी आदिलाई नयाँ श्रमिक वर्गमा राखेको छ र अबको वैज्ञानिक समाजवादी क्रान्तिमा यस वर्गको सहभागिता र भूमिका महत्वपूर्ण हुने विचार निर्माण गरेको छ । यहाँ लामो व्याख्या सम्भव नभए पनि हाम्रो धारणा छ– विश्व २१ औँ शदीमा पुग्दा १९ औँ र २० औँ शदीका श्रमिक वर्गको क्षेत्र विस्तार भएको छ । यसो त माक्र्सले कम्युनिस्ट घोषणापत्रमै पुँजीवादले डाक्टर, वकिल, पुरेत, वैज्ञानिकसम्मलाई ज्यालादारी मजदुरमा परिणत गरेको विचार दिइसक्नुभएको थियो । हामीले त्यसलाई क्रान्तिकारी शक्तिमा उठाएका छौँ । यो एकदमै सही छ भन्ने लाग्छ । यो नीतिले एकीकृत जनक्रान्तिमा सकारात्मक प्रभाव पनि पार्न थालिसकेको छ । जहाँसम्म देशभक्त शक्तिबारे हामीले क्रान्तिको मित्रशक्ति भनेर गरेको व्याख्या हो त्यो पनि पछिल्लो समयमा निकै राम्रोसँग प्रयोग भइरहेको छ । हाम्रो पार्टीलाई प्राप्त भइरहेको राजनीतिक, भौतिक, आर्थिक, सूचनासञ्चारको सहयोग यसैका नमुना हुन् । यो मोर्चाबन्दीको तहमा क्रान्तिको विकाससँगै देखिएला भन्ने विश्वास छ । मधेस क्षेत्र विगत नेपाली राजनीतिमा वर्गसङ्घर्ष र क्रान्तिकारी सङ्घर्षको केन्द्र हो । राणा शासनविरोधी सङ्घर्ष, सामन्त जमिनदारविरोधी सङ्घर्ष, विभिन्न किसान सङ्घर्षहरूको नेतृत्व एकप्रकारले मधेसबाट नै भएको हो । कम्युनिस्टहरूको वर्गसङ्घर्ष र सामन्तवाद विरोधी सङ्घर्ष तराई मधेसबाट नै पहाडमा उक्लेको हो । तर पछिल्लो समयमा नेपाली संशोधनवादी–आत्मसमर्पणवादी–विसर्जनवादी कम्युनिस्ट नेताहरूका कारण क्रान्तिकारी मधेस विदेशी साम्राज्यवादी तत्वहरूको खेलौना, उत्पीडित जनताका विरोधी दलाल पुँजीपतिवर्ग र श्रमिक जनतालाई वर्ग सङ्घर्षजस्तो महान् मार्गबाट जातीय र क्षेत्रीय भड्कावतिर लाने खतरा पैदा भएको छ । मेरो आफ्नै अनुभवमा मधेसको मूल समस्या सामन्तवादी र दलाल वर्गको शोषण–दमन हो । त्यसमा काठमाडौँको सत्ताले लिएको विभेदकारी नीति पनि जिम्मेवार छ तर त्यसमा मधेसका अभिजात वर्ग, जमिनदार वर्ग र दलालहरू हरदम साथमा रहेको र काठमाडौँको सत्ता बचाउन लागिपरेको वास्तविकतालाई बोध गर्नुपर्छ । तर काठमाडौँको सामन्ती, दलाल सत्ता कमजोर भएपछि मधेसबाट कम्युनिस्ट क्रान्तिकारीहरूलाई कमजोर बनाउनका लागि त्यहाँको दलाल पुँजीपति वर्ग, सामन्त वर्गले विदेशी मालिकहरूको उक्साहटमा लागेर आफ्नो भौतिक सुविधालाई दुरुपयोग गर्दै श्रमिक जनतालाई श्रमिक जनताको मुक्तिका लागि लड्ने कम्युनिस्ट क्रान्तिका विरुद्ध प्रयोग गर्न खोजिरहेका छन् । उनीहरूले आफ्नो सत्ता नयाँ रूप (मधेस देश) मा बचाउन चाहिरहेका छन् । मानिलिउँ, मधेस छुट्टै राज्य भयो के त्यहाँका मजदुर, किसान, दलित, हरूवा–चरुवा, सुकुम्बासी, महिलाहरूका हातमा शासनसत्ता आउँछ त ? आउँदैन, सत्ता झन् पहाडी शासकभन्दा पनि भद्दा दलालहरूको हातमा जान्छ र मजदुर, किसान, सुकुम्बासी, दलितहरूको हालत आजको भन्दा खराब हुन्छ भने श्रमिक जनताको जीवनमा के अर्थ भयो त ? त्यसैले मधेसमा पहिले वर्गीय सत्ता भन्ने विचारलाई नपकडेसम्म श्रमिक जनता दलाल, सामन्त, अभिजात वर्गको उत्पीडनमा झन् नराम्रोसँग पर्ने खतरा अगाडि छ । मधेसी जनताको मुक्ति नेपालको मुक्ति, मधेसी श्रमिक मजदुर, किसान, सुकुम्बासी, दलितको मुक्ति सारा नेपाली श्रमिक वर्गको मुक्तिसँग अभिवाज्य रूपले जोडिएको छ । हामीले यही नीतिलाई पकड्नुपर्छ र पार्टीलाई मधेसमा फैलाउन जोड लगाउनुपर्छ । यद्यपि क्रान्तिको निशानामा भने काठमाडौँको सत्ता नै मुख्य हुनेछ ।
काठमाडौँको सामन्ती, दलाल सत्ता कमजोर भएपछि मधेसबाट कम्युनिष्ट क्रान्तिकारीहरूलाई कमजोर बनाउनका लागि त्यहाँको दलाल पुँजीपति वर्ग, सामन्त वर्गले विदेशी मालिकहरूको उक्साहटमा लागेर आफ्नो भौतिक सुविधालाई दुरुपयोग गर्दै श्रमिक जनतालाई श्रमिक जनताको मुक्तिका लागि लड्ने कम्युनिष्ट क्रान्तिका विरुद्ध प्रयोग गर्न खोजिरहेका छन् । हाम्रो पार्टीको आठौँ महाधिवेशनपछि पार्टी क्रान्तिकारी विचारका वरिपरि एकीकृत र सुदृढ हुँदै गएको छ । क्रान्तिकारी कमरेडहरू देशैभरिबाट एकपछि अर्को गर्दै क्रान्तिमा धु्रवीकृत र लामबन्दी हुने प्रक्रिया चलिरहेको छ । यो पनि स्पष्ट छ– प्रतिक्रान्तिकारी खरानीबाट क्रान्तिको बिउ उठाएर ज्वालामा बदल्ने कार्य कैयौँ सतही व्यक्तिहरूले हल्का तरिकाले टिप्पणी गरेजस्तो सामान्य कार्य होइन । यो एउटा क्रान्तिकारीहरूको अविचलित र दृढनिश्चयी दस्ताले सामूहिक रूपले कडा मेहनत गरेपछि मात्र सम्भव भइरहेको छ । धु्रवीकरणको प्रक्रिया अब झनै तीव्रतामा अगाडि बढ्नेछ ।
एकताको कुरा पनि निकै महत्वपूर्ण छ तर त्यो आठौँ महाधिवेशनका निर्णय र संश्लेषणहरूबाट पछि हटेर होइन, त्यसलाई अझै नयाँ संश्लेषणहरू गर्दै मात्र सम्भव छ । हामी फेरि बहस, फेरि तर्कबितर्कमा जाने हुन सक्दैन । संयुक्त मोर्चाबारे हामीले स्पष्ट भनेका छौँ, एकता तत्काल नभए पनि क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग क्रान्तिको मोर्चामा संयुक्त मोर्चा हुनसक्छ । त्यसको केही झलक पनि देखिँदै गएको छ । यो आउँदा दिनमा व्यवस्थित भएर जाला भन्ने लागेको छ । विश्व–परिस्थितिबारे लामो चर्चा नगरीकनै भन्न सकिन्छ– २१ औँ शदीमा विश्वको भूमण्डलीकृत पुँजीवाद सङ्कटग्रस्त बन्दै गएको छ । बीसौँ शदीमा देखिएको घातक प्रतिक्रान्तिको असर समाप्त हुँदै गएको छ र विश्वको श्रमिक वर्ग पुनः क्रान्तितिर फर्किंदै गएको छ । केही दशकहरू उथलपुथलबाट गुज्रिने देखिन्छन् भने त्यसपछि वैज्ञानिक समाजवाद पुनः सत्तामा उदाउनेछ । तर हाम्रो देशमा भने विश्व–पुँजीवादी व्यवस्थाको सङ्कटले गर्दा यहाँको दलाल पुँजीवाद दिनप्रतिदिन कमजोर र सङ्कटग्रस्त बन्दै गएको छ । यहाँको दलाल पुँजीपति वर्ग सत्ता सञ्चालनका लागि असफल र अयोग्य बन्दै गएको छ । त्यसको तुलनामा क्रान्तिकारी शक्ति र श्रमिकवर्ग बलियो र सुदृढ हुँदै गएको छ । यो शताब्दीको क्रान्ति नेपालमा हुन र यो शताब्दीको वैज्ञानिक समाजवाद नेपालबाट उदाउन सम्भव छ । श्रमिक जनतालाई त्यसका लागि तयार पारौँ र हामी आफैँलाई त्यसअनुसार तयार गरौँ ।