बन्दुकको जवाफ बन्दुकबाटै दिन्छौ : बादल

२०७० भाद्र २१ गते, शुक्रबार

चितवन, २१ भाद्र । निर्वाचन बहिष्कारको अभियानमा रहेको नेकपा–माओवादीले आज चितवनमा युवा मार्चपास आयोजना गरेको छ । रातो ड्रेसमा रहेका माओवादी कार्यकताहरु भरतपुरको नारायणी उच्च माविबाट मार्चपास गर्दै पुल्चोकमा पुगेका थिए । पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै माओवादी महासचिव रामबहादुर थापा बादलले बन्दुकको आडमा मंसिर ४ गते निर्वाचन गरिए त्यसको जवाफ पनि बन्दुकबाटै दिने चेतावनी दिए । नेकपा–माओवादी बिना शान्तिस्थापना पनि नहुने र संविधान पनि नबन्ने भन्दै थापाले आफूहरुलाई कमजोर नठान्न सुझाव दिए । मार्चपासका लागि गाउँ–गाउँबाट आएका कार्यकर्ताले राष्ट्रियता स्वाधीनताको लडाईमा कसैसँग नझुक्ने बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]