बिखण्डनकारीलाई सम्मान, भ्रष्टाचारीलाई आंरक्षण जनतन्त्र र राष्ट्रियता पक्षमा लड्नेलाई लुटेरा ?- झपेन्द्रराज बैद्य
देशमा लुटैलुटको साङ्लो छ । एनजीओमा लूट। मंत्रीहरुमा लूट। न्यायालयमा घेराबन्दी । पानीमा, जंगलमा, बालुवा, गिट्टी, सडक , शिक्षा स्वस्थ्य र निगममा लूट छ । बुद्धको देश नेपालमा गृहयुद्ध भड्काईने त होइन?सबैमा चिन्ता र चासो छ। प्रधान मंत्रीको अभिब्यक्ति सुन्दा डरलागेर आउँछ । बिदेशीको ग्रायण्ड डिजाइनमा खेलेको खेल त होइन ? यस्तै अनुभूत हुन्छ । अमेरीका र भारतले नेपाललाई असफल बनाएर नेपाल पस्ने र चीनसँग दाउँराख्ने पक्षमा छन ्। इन्डो प्यासिफिक शैनिक गठबन्धनले पनि यसै कुरालाई उजागरगर्छ । इन्टरनेश्नल ट्रान्सपरेन्सी अनुसार पनि १८० देशहरु मध्ये नेपाल दोस्रो नंबरमा पर्छ । सोमालिया पहिलो नंबरमा । सत्तामा गएकाहरुले राष्ट्र र देशको संरक्षण र देशको बिकास गर्नुपर्ने बेला मै खाउँ मै लाउँ भनेर नै भ्रष्टाचार ब्याप्त भ्एको छ ।
अर्को कुरा सर्बोच्चले एनसेललाई ७२ अरब राजश्व अशुलउपर गर्नु भनेर दिएको आदेशलाई सरकारले बेवास्ता गरेर बसेको छ । अशुल उपर गरेको छैन। छापामा आएअनुसार एनसेलले ने.क पा.अध्यक्षद्वयलाई १०।१० अरब चुनाबताका चढाई सकेको छ । एनसेलकै भनाइमा। तर यसको प्रतिकृया देखिदैन। यसमा नेपाली कांग्रेसले पनि हिस्सा पाएको हुनसक्छ । सुनकाण्डले सत्ताधारीको मुखमा बुझो लगाइ दिएको छ । याबत यी कुराहरु भ्रष्टाचार हो कि होइन ? लूट हो कि होइन ? बिप्लब माओबादीले सरकारले एनसेलको राजश्व लुट गरेको छ भन्दा उल्टै माओबादीलाई लुटेराको संज्ञादिएर सरकार पानी माथिको ओभानो बनेको अनुभूत हुन्छ । तर हत्या भने कसैले कसैलाई गर्नु हुदैन। भबितब्यमा हत्या भए सम्बन्धित पक्षले करेक्सन गर्नुपर्छ। पीडितलाई सहयोग गर्नुपर्छ ।
यहाँ भन्न खोजिएको कुरा डा.सि.के. राउतसँग गरिएको नाटकीय संभझौता हो। बुद्धको देश नेपालमा गृहयुद्ध भड्काईने त होइन ? प्रधान मंत्रीको अभिब्यक्ति सुन्दा डरलागेर आउँछ । बिदेशीको ग्रायण्ड डिजाइनमा खेलेको खेल त होइन? यस्तै अनुभूत हुन्छ। अमेरीका र भारतले नेपाललाई असफल बनाएर नेपाल पस्ने र चीनसँग दाउँराख्ने पक्षमा छन् । इन्डो प्यासिफिक शैनिक गठबन्धनले पनि यसै कुरालाई उजागरगर्छ। इन्टरनेश्नल ट्रान्सपरेन्सी अनुसार पनि १८० देशहरु मध्ये नेपाल दोस्रो नंबरमा पर्छ । सोमालिया पहिलो नंबरमा।
जनताले लगाएको आरोपलाई एक छिन छोडौं । संसदीय ब्यबस्था अन्तरगत आफ्नै निकायबाट लगाएका भ्रष्टाचारका आरोपहरु सत्तालाई निल्नु कि ओकल्नु भएको छ । वाइड बडी काण्डमा संसदीय उपसमितिले ४ अरब ३५ करोड भ्रष्टाचार गरेको आरोपलाई प्र.म.ले मान्यतादिएको पाइदैन। मुखमा बुझोलगाएर बसेको छ सरकार । यो लूट हा े। लूटको संरक्षण। न्यायाधीशले भन्छन् कि त वकीलल े। प्र.म.ले नै रबिन्द्र अधिकारीले खाएका छैनन् भन्नुको तात्पर्य बुझिसक्नु छैन । रबिन्द्रले खाएन होलान् ठीक छ । तर कस्ले खायो प्र.म.ले भन्नुपर्दैन ?
अर्को कुरा सर्बोच्चले एनसेललाई ७२ अरब राजश्व अशुलउपरगर्नु भनेर दिएको आदेशलाई सरकारले बेवास्ता गरेर बसेको छ । अशुल उपर गरेको छैन । छापामा आएअनुसार एनसेलले ने.क पा.अध्यक्ष द्वयलाई १०।१० अरब चुनाबताका चढाई सकेको छ । यसमा नेपाली कांग्रेसले पनि हिस्सा पाएको हुनसक्छ। सुनकाण्डले सत्ताधारीको मुखमा बुझो लगाइ दिएको छ । याबत यी कुराहरु भ्रष्टाचार हो कि होइन ? लूट हो कि होइन ? बिप्लब माओबादीले सरकारले एनसेलको राजश्व लुट गरेको छ भन्दा उल्टै माओबादीलाई लुटेराको संज्ञादिएर सरकार पानी माथिको ओभानो बनेको अनुभूत हुन्छ । सरकार त छ तर अराजक छ । भ्रष्टाचारी छ । राष्ट्रघात छ सरकार । पत्रकार र मानब अधिकारको घाँटी च्यापेको छ । अन्तरराष्ट्रिय नारी दिवस मनाईरहेका नारीहरुलाई थुनछेक गर्ने, मानब अधिकारबादी र पत्रकारहरुलाई नियन्त्रण गरेर फासीबादी शासन चलाइन्छ भने यसलाई तानाशाही भनिन्छ वा लोकतन्त्र ?
कुनै राजनैतिक शक्तिले बम बिष्फोट गर्छ भने जसले गरेको छ त्यसलाई नियन्त्रणगर्ने सरकारको दायित्व हो तर निर्दोष ब्यक्तिलाई पूर्वाग्रहको रुपमा पकडेर सरकारले दुखःकष्ट दिएको बुझिन्छ। कपिलबस्तुमा राती सुतिरहेको मानिसलाई पकडेर जंगलमा लगेर गोली ठोकिन्छ। यो हो लोकतन्त्र वा पञ्चायती तानाशाही? लड्दालड्दै क्रान्तिको झण्डा मिल्काएर आफ्नो स्वार्थ र धनसंपत्तीको प्रलोभनमा साम्राज्यबादको दलाल बनेर कामर्नेलाई राष्ट्र र राष्ट्रियता भन्दा दलालीकरण र फासीबाद नै सत्ताटिकाउने साधन बनेको हुन्छ । नेपालमा त्यही भएको छ । एक थान संबिधान हात्तीका देखाउने दाँत बनेको छ। ब्यबहारमा लागू छैन। दुईतिहाईको दम्भमा प्रेसस्वतन्त्रता कुण्ठित गरिएको छ। चुनाबी घोषणा एकातिर, संबिधान अर्कोतिर छ । भोट हालेका मानिसहरुले नै सत्ताको यसप्रकारको रवैयालाई बिरोध गरिरहेको अबस्था छ । बामदेब गौतम, माधब नेपाल तथा झलनाथ खनाल बरिष्ठ नेताहरुले बिरोधका स्वरहरु उरालेको अवस्था छ । सि.के राउत जसले तराईलाई बिखण्डनगर्ने मागगरिरहेका थिए, उनलाई पार्टीको आन्तरिक सल्लाह बिना एकाएक रंगमञ्चमा ल्याएर संझौता गरेको देखाईएको छ । यसको लागि बरिष्ठ नेता भीमरावलले पनि बिरोधको चर्को स्वर निकालेका छन ्।
ड्ड अहिले प्र.म. वलीको अभिब्यक्तिले द्वन्द निम्तिने अवस्था देखिन्छ । बिप्लब माओबादीलाई उत्तेजितपारेर गृहयुद्ध सिर्जना गर्ने असफल प्रयास त होइन? भन्ने मानिसमा शंका र त्रास छ । जनयुद्धको अवस्था कस्तो थिया े? माओबादी लडाकू र सुरक्षाकर्मी मारिएका थिए । साथसाथै सुराकको नाममा गाउँघर शहरका होनवार ब्यक्ति पनि मारिएका थिए । सरकारका मंत्रीहरु त सुरक्षा घेरामा बस्लान् कार्यकर्ताको हबिगत कहालीलाग्दो हुन्छ जुन बिगतले देखाएको छ । तीन महिना भन्दा बढी जनयुद्ध चल्दैन भनिन्थ्यो। तर देशैभरि आगोको डढेलो सल्किदै गयो। पञ्चायत फाल्नु भनेको कुहिनाले पहाड धकेल्न खोज्नु हो भनिन्थ्या े। राजतन्त्र फाल्नु भनेको प्र.म.कै भाषामा गोरुगाडा चढेर अमेरिका पुग्न सकिदैन भनिन्थ्यो। तर परिवर्तनको चाहना राख्ने जनताको सहयोगमा पंचायती ब्यबस्था ढलेर गयो यद्यपि सामन्तिसँस्कार यथावत छ। मुकुट बिनाका राजा रहेका छन् । पुर्वाग्हले भन्नु केही छैन। जनतामा हाहाकार छ । सुखी र समृद्ध नेपाल भन्ने नेतामा सिमित भएको छ । ब्रम्हलूट छ । जसको मानो खाने उसैको गीत गाउने मंत्रीहरुमा यही सोंच छ । कार्याकर्ताको पनि आफ्नै स्वार्थ छ । यसैले भजनमण्डली बनेका छन् । पार्टीमा निश्चित बिचार र कार्ययोजना छैन। रामप्रसाद शर्माले लूट लूट भन्ने त्यसै भनेका होइनन्। यसै गीतबाट आतंकित भएर उनका गीतका केही हरफ हटाउन लगाइयो। यसो भन्दैमा सबै कार्यकर्ता एकै ड््रयांङ्का छैनन् । कुनै कुनैमा क्रान्तिकारी भावना छ । जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ । सत्ताधारी ने.क.पा.मा पनि क्रान्ति र परिवर्तन चाहने ब्यक्ति नभएका होइनन ्। दलाल पुँजिबाद होइन । बैज्ञानिक समाजबाद चाहने सघंर्षरत ब्यक्ति पनि छन् । क्रान्ति अघिबढ्दै जादा उनीहरु पनि क्रान्तिको मूलधारमा आउँदछन ्। यो समयको माग हो। सत्ताधारी ने.क.पा.का केही सदस्यहरु क्रान्तिको धारमा आउन लागेको अवस्था छ। यसैले पनि कटाक्ष, चिन्ता र दमन बढेको छ । यहाँसम्म कि क्रान्तिकारीहरु प्रति राजनैतिक ब्यबहार नगर्नु भन्ने सुरक्षा निकायलाई उर्दीदिइएको छ । यसैले पनि देशभक्तहरुले चिन्ता ब्यक्त गरेका छन्। नागरिकताको सवालमा देश फिजी बन्ने त होइन ? अहिले पेशहुनलागेको नागरिक बिधेयकले यस्तै संकेत गरेको छ । पोलिट ब्युरो सदस्य नारायण प्रसाद शर्माले प्र.म ओलीको अभिब्यक्तिलाई ठाडै अस्वीकार गरेका छन् । बरिष्ट नेता नारायण काजी श्रेष्ठ, हरिबोल गजुरेल लगायत दर्जनौं नेताहरुले वलीको क्रान्तिकारी प्रतिको कटाक्षलाई गंभीर आपत्ती जनाएका छन्। मानबअधिकारबादीहरुले मौलिक अधिकार र प्रेस स्वतन्त्रता अपहरण भएकोमा चिन्ता ब्यक्त गरेका छन्। यस पंक्तिकार पनि प्रेस सतन्त्रता सेनानी भएकोले साना मिडियाका पत्रकाहरुलाई हस्तक्ष्ोप गरेको मा चासो र चिन्ता लाग्नु स्वभाबिकै हो । कम्युनिष्ट सिद्धान्तहीन र नाममात्र भएपछि जे बोले नि हुन्छ । साम्रज्यबादीले जे भन्छन् त्यही बोली हुन्छ। के जनयुद्धको उद्देश्य भनेको १७ हजार शहीदको सपना कुल्चेर सम्राज्यबादको सेवागरी सत्तामा रमाउनमात्र हो? पहिले चप्पलमात्र लगाएर हिँडने नेता अहिले आलिशान महल ठडाएर करोडौंको गाडीमा चढ्छन्। एक बर्षमा १८ करोड औषधी खर्च। यो लूट हो वा होइन ? एकै बर्षमा सबै हुनसक्दैन तर पूर्वाधार छैन। हुने बिरुवाको चील्लो पात छैन। सुक्दै गएको अनुभूत गर्न सकिन्छ । आथिक संकटले चुलिएको छ देश काम कुरो एका तिर कुम्लो बोकी ठीमीतिर भएको छ।
भारतबाट सीमा अतिक्रमण भैरहेको अवस्था छ । कालापानीमा भारतीय शैनिक परेड खेलिरहेछन् । नदीनाला भारतको नियन्त्रणमा छन् भने नेपालको सार्वभौमिक सत्ता कसरी सुरक्षित हुन्छ। अब राष्ट्रियता, जनतन्त्र, जनजिबीका,जनपत्रकारीताको पक्ष र भ्रष्टाचार बिरुद्ध सडक संघर्षमा आँधिबेरी ल्याउनुपर्ने आवश्यकता छ । यो संबिधान प्रदत्त अधिकार हो। आफ्नो हक हीत , समानता न्याय र स्वतन्त्रताको लागि बिद्रोह गर्नु नैसर्गिक अधिकार हो। यो मानब अधिकार घोषणा पत्र १९४८ मा उल्लेखित छ। नेपालको संबिधानको पष्ठभूमिमा पनि यो निर्देशित छ । यो सबै पाटीहरुको पनि साझा माग हा े।
अहिले नेपालीहरुलाई चिन्ता । सत्ताधारी ने.क.पा.मापनि चिन्ता र चासोछ। हिँजो आइतबार जनकपुरमा सि.के.का कार्यकर्ताले नेपालका उपनिबेश मूर्दाबाद। स्वतन्त्र मधेश हमाराहै भनेर नारालगाएका थिए । यसमा सरकार के हेरेर बसेको छ? सिक्कीम भारतमा बिलिन गराउने यहाँ लेण्डूपे त छैनन्? कुरा गंभीर छ। जन्मको आधारमा वा सिफारिसको आधारमा एकै पटक बिहारीहरुलाई नागरिकता दिइएको थियो। पछि पनि संख्या बढदै गएको छ । यसरी हेरदौ दूईतिहाई भारतीय मानिस मधेशमा नेपाली बनेर बसेका छन् भने जनमत संग्रह भयो भने मधेश टुक्रने खतरा देखिएको छ । ११ बुँदेमा जनअभिमत भन्ने खतरा शब्द लेखिएको छ । यसको लागि राज्य जिम्मेवारी हुने वा नहुने ? बिप्लब माओबादी सँग वार्तागर्नुको साटो फौजी कार बाहीगर्ने भनिन्छ भने देशको निकास के होला? सोंचनीय कुरा छ । एउटा बिप्लब गए पनि अर्का बिप्लब आउँछ।। माक्र्सबाद त अजेय छ। बर्गीय समाज रहदासम्म बर्गसंघर्ष कहिल्यै रोकिदैन ।
अब के सत्ता पक्ष के प्रतिपक्ष तथा क्रान्तिकारी शक्ति देश भक्त सबै मिलेर नलडी देशको राष्ट्रियताको संरक्षण हुदैन ।