केही दिन यताका फेसबुक स्ट्याटसहरु – विनोद दाहाल
केही दिन यताका फेसबुकका स्ट्याटसहरु आफैंमा हेर्न लायकका देखिएका छन् । फागुन ३० गते नेपाल बन्द अर्थात आमहड्तालको कार्यक्रम राखेको नेकपा (विप्लव) माथि प्रतिबन्ध लागेको छ । सामाजिक संजालमा सरकारी निर्णयको समर्थनमा बोल्ने वा लेख्ने कोहि देखिएका छैनन् ! आफूहरुमाथि धडपकड, गिरफ्तारि, गोली प्रहार, झुट्टा मुद्दा, जेल र यातना दिएको बिरोधमा उक्त पार्टीले राखेको नेपालबन्दको कार्यक्रमको मुखमा यो सरकारले उक्त पार्टीलाई प्रतिबन्दको घोषणा गर्यो । यो बेला सर्बत्र लुटपाट छ, नलुटिएका नागरिक नेपालमा छैनन् । पूर्व एमाले र सरकारलाई रकम नबुझाई राजनीतिक नियुक्ति पाएका छैनन् । गोल्छा बुहारिले सांसद पद करोडौंमा किनेको र लक्कीले राजदुत त्यसरि नै पड्काएका ताजा घतनामा कोही कारवाही नपरेपछि कुनै क्षेत्रमा पनि पैसाको कारोबार भएको पुष्टि भएको छ । राज्यले दिने नागरिक सेवामा पैसा नखुवाई काम लिन सक्ने कोही छैनन्, नापी र मालपोतमा सबै नै घुसखोर र भ्रष्टाचारि छन् भनेर अख्तियारले भनेको सार्वजनिक भनाईले पुष्टि गरेकै छ । अख्तियारका आयुक्ता भ्रष्टाचारी भएको पुष्टिले कहिंकतै घुस र भ्रष्टाचारबाट मुक्त क्षेत्र छैन भन्ने अर्को पुष्ट्याईं गरेकै छ । सिके राउतसँगको ११ बुँदे संझौताको काण्डले देशको अस्मिता झन कमजोर मात्र भएको छैन, कुनै पनि बेला संकट निम्त्याएर साम्राज्यवादी तथा बिस्तारवादी शक्तिले सार्वभौमसत्तामा धावा बोल्ने स्थिति सृजना भएको छ । दलाल पुँजीवादका रक्षकहरुले जनतालाई बेवकुफ बनाउन समाजवादको हावादारि कुरा गरेर अलमल्याउने मात्र हैन लुटिरहने दाउ गरेको क्रमशः पुष्टि हुँदै गएको छ । यी समग्र बिषयमा टिकाटिप्पणी गर्ने क्रममा केही स्ट्याटसहरु गर्न पुगिएछ, ती टिप्पणीहरु क्रमशः राख्दा अहिले सन्दर्भ सान्दर्भिक लागेर अहिले पुनः राख्दा ठिक हुन्छ जस्तो लागेको छ ।
१. हेलो प्रचण्ड !
बिबिसीले के भनेको यो ? मंगलबार बेलुकाको क्याबिनेट बैठकको निर्णयबाट नेकपामाथि प्रतिबन्धको घोषणा भएको छ ।
विप्लाविहरु प्रतिबन्ध भएको स्थिति आयो, मलाई यो स्थिति हेर्ने इच्छा थिएन । जनयुद्धमा मैंले गरेको योगदान यो स्थिति आउनको लागि थिएन ।
यसले प्रचण्डको प्रतिगमनको यात्रा प्रतिकृयावादमा परिणत भएको छ । शान्ति वार्ताका नाममा प्रचण्डले गरेका हस्ताक्षरहरु खारेज भएका छन् र प्रचण्ड सर्वहारा वर्गको हतियार षड्यन्त्र गरेर दुस्मनलाई बुझाउने गद्दार पुष्टि भएको छ ।
कांग्रेसले समेत बार्ता गर्न सुझाएको बेला कम्युनिस्ट नामका बुख्याँचाहरुले दमनको नीति लिएकाले संभावित युद्धको जिम्मेवार तिनैं बुख्याँचाहरुले लिनु पर्नेछ । अव क्रान्तिकारीहरुले आतंककारीको नाममा सहादत हुनु पर्नेछ । बुख्याँचा डुलाउने भक्तजनहरुले हत्याराको बिल्ला भिर्नुपर्नेछ र, सफायाको सजाएँ भोग्नु पर्नेछ ।
नागरिकलाई कस्तो मृत्यु रोज्ने हो, फासिवादी दलालहरुले मृत्यु रोज्न आह्वान गरेको दिन हो यो भन्ने मैंले बुझेको छु !
२. निर्र्देिशत, पालितपोषित, नियन्त्रित दलालहरुको हातमा देश पुगेकैले गर्दा आज एउटा बिखण्डनकारी सिके राउतले वैधानिकता पाएर आफ्ना गतिबिधिहरु गर्न थालेको छ । दलालहरुले भोटरहरुलाई जिउँदा मुर्दा जस्ता बनाए । हेर्नुस् त, मधेसमा देश बिरोधि खुलेआम कार्यक्रमहरु । हेर्नुस् त, दलालहरुलाई जनताको बिद्रोह दमन गर्न नपाएकोमा कत्रो चिन्ता ?
३. कम्युनप्रति निष्ठावान कम्युनिस्ट नेतृत्व भैदिएको भए आजकलको सिकेको सिल्ली नाटक हेर्नु पर्ने पनि थिएन ।
४. दलालहरुलाई तिनका मालिकहरुले उसको स्वार्थ पुरा गर्न एकजुट गरिसके । नागरिकता बेपत्तै बढाउने र संकटको बहानामा जनमतको बहाना गरेर राष्ट्रियता सिध्याउने मेलो देखिइसक्यो !
५. माओवादी पार्टीको पुनर्गठन र जनयुद्धबाट मात्र यो अवास्थामा परिवर्तन गर्न सकिन्छ । बुझ्न किन ढिला हुँदैछ ?
६. सम्मानजनक र सम्बोधन नगरेकोले सरकार र विप्लव नेतृत्वको पार्र्टीिबच वार्ता हुन नसकेको भनिरहेको बेला बौलाएर फेरी कहाँ कानूनि दमनको बाटो रोजेका हुन् ? लुटेरा समुह जस्तो अराजनीतिक र पागलपनको भाषाले तिम्रै सत्यानास हुनेछ ! जनयुद्धबाट पाठ शिक्न नसकेका मुर्खहरु !
७. नरेन्द्र बिक हतियार साथ समातिएको झुट समाचारको रवी भन्ने सिल्लीले पनि खुब चर्चा गर्यो । अहिले विक छुटेका छन् !
८. तिम्रा सबै अभियोग झुट सिद्ध हुन्छ ए बेवकुफ अन्धाहरु !!
९. पुँजीमाथि व्यक्तिको स्वामित्व पुँजीवाद हो । यसले श्रमजीवी र सर्वहाराको अधिकार खोसेको हुन्छ र पुँजीपति वर्गको अधिनायवाद लादेको हुन्छ । यसको बिरुद्ध र पुँजीको श्रमजीवी र सर्वहाराको समिहिक स्वामित्वको लागि बिद्रोह गर्नु अधिकार हौ भन्ने मान्दैनौ र बुझ्दैनौ भने मर्ने र मर्ने युद्धको दोष तिम्रो नैं हो । अशान्तिको लागि तिमि नैं कारक हौ । राज्य संयन्त्र शोषक वर्गको लागि प्रयोग गर्ने र शोषित वर्गलाई दमनको लागि प्रयोग गर्ने सोचेका हौ भने तिम्रै विनाश हुनेछ !
१०. परिमार्जनसहितको सुरक्षा नीतिको त्रास देखाएर बिप्लव र किरणलाई तर्साउन थलेको देखियो । ओलीलाई बुझाइएको छ ! त्यसले पुष्पकमलले ध्वंस दिएका हुन्, अनुहार पनि खुमवहादुरको जस्तो देखिन थाल्यो !
११. एउटा स्ट्याटस् मन प¥यो । राणा शासनको बिरुद्ध बन्दुक उठाउदा ठिक । पन्चायतको विरुद्ध काङ्ग्रेस कम्युनिस्टले बन्दुक उठाउदा ठिक । माओवादीको नेतृत्वमा पन्चायत राजसंस्था र पुँजीवादीको विरुद्ध बन्दुक उठाउदा ठिक, राम्रै भयो । भने, म त भन्छु फेरि नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदिय ब्यस्था अन्त्य गरेर बैज्ञानिक समाजवाद ल्याउन बन्दुक उठाउदा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कुनैपनि हालतमा बेठीक हुने छैन !
१२. दिलिप श्रेष्ठको प्रचण्डलाई प्रश्नसहितको कुरा गहन छ— मार्ने र मारिने दुईटै पक्ष शहीद, यस्तो हुनै सक्दैन । सेना पुलिस र सुराकी पनि सहिद ! जनवादी क्रान्तिमा सहादत हुने पनि सहिद भन्नु वा ठान्नु अवशरवाद र बेइमानीको पराकास्ट नैं हो !
१३. भोलिका दिनमा प्रतिबन्ध लाग्ने होलान्, अहिले चाहिं गाउँमै यी पुस्तकहरु (तस्वीरमा रहेका पुस्तकहरु) पढ्Þनका लागी उपलब्ध हुन्छन् !
१४. ओली र प्रचण्ड फेल खाइसके ! उनीहरुको लागि एउटा उपाय छ— सम्मानजनक सम्बोधन गरेर विप्लवलाई वार्तामा डाक्ने, उनीसंग वैज्ञानिक समाजवादको योजना माग्ने र त्यतै जाने ! कांग्रेसले नैं वार्ताको लागि माग राखेपछि अरु बहानाको जरुरि छैन अव ! म बबुरोको सुझाव क्या !