नेकपाको गतिविधिमाथि किन र के आधारमा प्रतिबन्ध लगाउने निर्णय गरेको ?

२०७५ फाल्गुन २९ गते, बुधबार

काठमाडौ, २९ फागुन । सत्तारुढ दल नेकपा वरिष्ठ नेेेता माधवकुमार नेेेपालले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपरााधीक संगठन´घोषणा गरेेर प्रतिबन्ध लगाउने सरकारी निर्णय प्रति आपत्ति जनाएका छन् । बुधबार संसदबाट बाहिरिने क्रममा नेकपाका वरिष्ठ नेता नेपालले सरकारी निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र आफूहरुलाई यसबारे कुनै जानकारी नदिएको प्रतिक्रिया दिए । नेता नेपालले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको कुरा आफुुुले पनि मिडियाबाट नै थाहा पाएको बताए । उनले भने, सरकारले विप्लवका गतिविधिमाथि किन र के आधारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ? त्यो खुलेको छैन । पार्टीमा यसबारे कुनै छलफल भएन । हामीले पनि मिडियाबाट थाहा पाएका हौँ । उक्त निर्णय सरकारको भएकोले जस वा अपजस दुवै सरकारले नै लिनु पर्ने पनि नेता नेपालले बताए ।

प्रतिक्रियाहरु

[anycomment]