भोलि नेपाल बन्द

२०७५ फाल्गुन २९ गते, बुधबार

काठमाडौं,२९ फागुन । नेपाल कम्युनिस्ट पार्टीले भोलि फागुन ३० गते बिहिबार नेपाल बन्दको आव्हान गरेको छ । पछिल्लो समय देशभर सरकारले बढाएको दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्तो अराजनीतिक व्यबहार गरेको, गाउँगाउँमा संकटकालकै जसरी छापा मार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको भन्दै आफ्ना कार्यकर्ताहरुको रिहाईको मागसहित नेपाल बन्दको आव्हान गरिएको हो । नेकपाका पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहितको संघर्षको कार्यक्रम घोषणा गरेका छन् । महासचिव विप्लवले विज्ञप्तिमार्फत् सरकार परिवर्तनकामी जनतामाथि फासिष्ट स्तरको दमनमा उत्रिएको भन्दै डटेर त्यसको प्रतिरोध गर्न आह्वान गरेका छन् । सरकारले चलाएको ‘फासिष्ट दमन’ कसैगरी सहन गर्न नसक्ने पनि महासचिव विप्लवले स्पष्ट पारेका छन् । सरकारले देशैभर संकटकालको झल्को दिने गरी दमन र गिरफ्तार श्रृंखला मच्चाएको भन्दै उनले बिहीबार कपिलवस्तुको शिवगढीमा भएको सशस्त्र प्रहरीसहितको हतियारबन्द टोलीले छापा मारेको र स्थानीय युवक दुर्गाबहादुर रोकालाई बिनाकारण गोली हानेर घाइते बनाएको जनाउँदै घटनाको घोर भत्र्सना गरेका छन् । रोकालाई घरबाट नियन्त्रणमा लिई गाउँ घुमाएर सुन्दरी डाँडा जंगलमा लगेर पु¥याई गोली हानेको समेत विज्ञप्तिमा उल्लेख छ ।
सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार ने.क.पा.का नेता कार्यकर्ता माथि चलाएको अमानवीय यातना र झुठा मुद्दा विरुद्ध आउँदो फागुन ३० गते नेपाल बन्दको घोषणा समेत गरेका छन् । बन्द सफल बनाउन सबैसँग अपिल गरेका छन् । महासचिव विप्लवले शिवगढी जनताले गरेको सरकारको प्रतिरोधको प्रशंसा गर्दै प्रतिरोध देशैभरबाट अगाडि बढाउन अत्यावश्यक बनेको औल्याएका छन् । शिवगढी, रोल्पालगायत देशभर घटाइएका घटनाको निष्पक्ष अध्ययन, अनुगमन र सत्यतथ्य रिपोर्ट सम्प्रेषण गर्न संचारकर्मी, मानवअधिकारी, बुद्धिजीवि, नागरिक समाज, राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेतृ बन्धु चन्द, अखिल नेपाल किसान संगठनका अध्यक्ष राजु कार्कीलगायत सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरी यातना दिएको र झुठा मुद्दा चलाएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका छन् । ‘गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्य आतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीविको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’ सरकारको फासिष्ट र नांगो दमनले नेपाली जनताले चलाएको स्वाधीनता र पूर्ण मुक्तिको क्रान्तिलाई रतिभर फरक नपर्ने, बरु देशभक्त र क्रान्तिकारीहरुलाई दृढ र निष्ठापूर्वक क्रान्तिलाई सफलतामा पु¥याउन प्रेरित गर्ने जिकिर विज्ञप्तिमा गरिएको छ ।
ने.क.पा. मुलुकमा चलिरहेको भ्रष्टचार, तस्करी, दलाली, अन्याय, बलात्कार, हिंसा र राष्ट्रघातका विरुद्ध शान्तिपूर्ण संघर्षमा जनताका साथमा अगाडि बढिरहेको स्पष्ट पार्दै महासचिव विप्लवले बरु सरकार त्यसको रक्षक बन्दै आएको बताएका छन् । सरकारले श्रमिक र मुक्तिकामी जनता र त्यसको नेतृत्व गरिरहेका पार्टीमाथि गर्ने दमन र गोली आतंकको प्रतिरोध गर्नु आपूmहरुले कर्तव्य ठानेको पनि कुरा पनि उनले सगौरव उल्लेख गरेका छन् । दमन पछिको उत्पन्न परिणाम सरकारकै पराजय बन्ने पनि प्रष्ट्याएका छन् । ‘केपी–प्रचण्डले केही दिनदेखि धम्कीको भाषा बोल्न थालेको’ भन्दै उनले आपत्ति जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]