नेकपामाथिको प्रतिबन्ध फिर्ता लिन माग
काठमाडौं, २ चैत । नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष धनबहादुर भण्डारी र महासचिव जयकिशोर पोछारले शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै सरकारले राजनैतिक पार्टीलाई प्रतिबन्ध गरेर असली फाँसीवादी चरित्र उदांगो पारेको बताएका छन् । नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपालमा गरिएको प्रहरी अप्रेशन, दमन, धरपकड, यातना र गिरफ्तार गरी सरकारले एकतर्फी युद्धको घोषणा गरेको बताएको छ । सरकार क्रान्तिकारी शक्तिलाई दबाउदै राज्यको कर छली र अपचलन गर्ने, कालोबजारी, मानव तस्कर, सिन्डिकेट माफियाको पक्षमा वकालत गरेको उसका गतिविधिले प्रमाणीत गरेका छन् विज्ञप्तिमा भनिएको छ ।
सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको नेकपामा माथिको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गर्दै गिरफ्तार गरिएका नेकपामा नेता कार्यकर्ता रिहा गरी स्वतन्त्र र खुलारुपमा राजनीतिक अधिकारको गृहकार्य गर्न पाउने बातावरण बनाउन आग्रह समेत गरेको छ । मोर्चाले दमनका विरुद्ध जनताले शसक्त प्रतिरोध गर्ने कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।