११ विद्यार्थी संगठनद्वारा विप्लवमाथिको प्रतिबन्ध हटाउन माग

२०७५ चैत्र ३ गते, आईतवार

काठमाडौं, ३ चैत । ११ विद्यार्थी संगठनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गरेका छन्। उक्त प्रतिबन्धको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले यसको समाधान राजनीतिक तवरबाट खोज्न सरकारलाई सुझाएका छन्।
अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विज्ञप्ति जारी गरी सरकारको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। सरकारलाई द्वन्द्वको बाटोमा नजान पनि विद्यार्थीहरुले आग्रह गरेका छन्।
११ विद्यार्थी संगठनद्वारा विज्ञप्तिमा ऋषिकेशजंग शाह, आलोक रायमाझी, घनश्याम मिश्र, श्यामबाबु गौतम, चिरञ्जीवी ढकाल, विवेक राई, हरिकृष्ण गजुरेल, प्रवीण मिश्र, दुजाङ शेर्पा, ताराप्रसाद अर्याल र चिरञ्जीवी यादवको हस्ताक्षर छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु