मेयरले गरेको भ्रष्टाचारको सूची सार्वजनिक

२०७५ चैत्र ३ गते, आईतवार

काठमाडौं , ३ चैत । नेपाल कम्युनिस्ट पार्टी संयुक्त जनपरिषद्् नेपाल, सर्लाहीले बागमती नगरपालिकाका मेयरले गरेको भ्रष्टाचारको सूची सार्वजनिक गरेका छन्् । यस विषयमा संयुक्त जनपरिषद्् नेपाल, सर्लाहीका संयोजक जनकले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ– ‘सर्लाही बागमती नपाका मेयर भरत थापा हुन्् । पूर्वजनमोर्चाबाट माओवादी हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता बनेका थापा अहिले मेयर भएका छन्् । उनी २०५६ सम्म सञ्जय साह (टक्ला) को सडक ढाटमा मासिक रुपैयाँमा काम गर्ने कनिष्ठ कर्मचारी थिए । उनको पैैतृक सम्पत्ति ६ कठ्ठा (अब्बल), १ विघा २ कठ्ठा बगर र एउटा काठे घर थियो । अर्काेतिर माओवादी पार्टीको निर्णय भनेर सञ्जय साहलाई दबाब दिई गुण्डाहरूसँग मिलेर १ वर्ष पछि २५ प्रतिशत सेयर हडपेका थिए । उनी तत्कालीन माओवादीमा प्रवेश गरी ठेकदार टक्लालाई धम्क्याएर सेयर लिन सफल भएका थिए ।
यसबीचमा थापाको काठमाडौँमा २ वटा पक्की घर, सर्लाहीको कर्मैयामा पेट्रोल पम्प, २ वटा भवन (७ कठ्ठामा एउटा निर्माणाधीन), २ वटा क्रसर, निर्माण औजार, बागमती एफएम (अप्रत्यक्ष) लगानी, सर्लाहीमा १० बिघाभन्दा बढी जग्गा जम्मा गरेका छन्् । बागमती नदीको निर्माण सामग्री २०५५ सालदेखी एकलौटी ठेक्का लिएका छन । त्यहाँ अरू कसैले निर्माण सामग्री झिक्न पाउँदैनन्् । माघ २६ मा बागमतीमा गिटी झिक्न गएका सुनिल बानियाँलाई मेयर थापाले कुटपिट गरेका थिए । सत्तारूढ पार्टीका मेयर भएका कारण थापालाई प्रहरीले कारबाही गर्ने कुरा पनि भएन । थापाले व्यापक उत्खनन्् गरेका कारण बागमतीको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको पुल धसिने अवस्थामा पुगेको छ । सागरनाथ वन परियोजनाअन्तर्गत बूढी बागमती छ । त्यसको कर नतिरी, अनुमति नलिइकन गिटी, बालुवा निर्माण सामग्रीमा पनि उनकै एकलौटी राइँदाइँ छ । बागमती नगरपालिकाअन्तर्गत सम्पूर्ण वडाको सडक निर्माण भरत थापाको कन्स्ट्रक्सनले गर्दछ । काम गर्दा उपभोक्ता समिति बनाउने सम्पूर्ण काम ठेक्का टेन्डरमार्फत नगराई उपभोक्ता समिति बनाई काम आफैँले गर्ने, जनतालाई विकास गराएको बहानामा बागमती नदी उत्खनन गर्ने आफ््नै क्रसर सञ्चालन गर्ने, आफ््नै क्रसरबाट निस्किएको गिटी, बालुवा सडक मर्मत वा निर्माणमा लगाएर नगरपालिकाको सम्पूर्ण बजेट आफैँ कमाउने गराउने गरेका छन्् । उनी ठेकेदार हुन्् कि राजनीतिज्ञ ? प्रश्न उठेको छ । राजनीतिको आडमा कालो धन्दा थापाको कर्म हो ।
नगरपालिकामा आएको विकासको बजेट शिक्षा, स्वास्थ्यलगायत लक्षित वर्गलाई आएको सम्पूर्ण रकम बाटो बनाउने बहानामा आफ््नो कन्स्ट्रक्सनमार्फत निर्माणकार्य गर्ने गरेका छन्् । सागरनाथ वन परियोजनामा पछिल्लो समयमा गरिब सुकुमबासीलाई घरटहरा बनाउन लगाई मिति २०७५ पुस १३ गते मेयर भरत थापाको संलग्नतामा ५४ घरटहरा भत्काउन लगाइयो र सुकुमबासीलको बस्तीमा गई तपाईंहरूको घर सरकारले भत्कायो । म घरटहरा बनाउन नगरपालिका कार्यालयबाट रकम निकासा गरिदिन्छु भनी आश्वासन दिएर गरिब जनतालाई भ्रम उत्पन्न गराइयो । त्यति मात्र नभई विकासका नाममा सडकमा पटके कर असुली गरिराखेको छ जसअनुसार कर्मैयाको नहरको सडक हुँदै सिन्धुली हरिहरपुरगढी गाँउपालिका लैजाने इँटको कर असुली रहेको छ । यसको मार हरिहरपुरगढीका जनतालाई परिरहेको छ ।
जनयुद्धमा कर्मैयाका लोकबहादुर प्रधान (लोकरोशन प्रधान) श्रेष्ठ मारिए । श्रेष्ठले पार्टीको हिसाबकिताब भरत थापालाई राख्न दिन्थे । त्यही रकम खानका लागि थापाकै सुराकीमा श्रेष्ठ मारिएको त्यस क्षेत्रका तत्कालीन माओवादीहरू बताउँछन्् । श्रेष्ठ मारिएपछि माओवादीको सम्पत्ति उनले नै खाए । २०६० सम्म थापाको परिवार मेलापात गरेर जीवन निर्वाह गथ्र्याे । आफ््नै सहकर्मी मारेर, जिल्लाको सम्पत्ति हडपेर, माओवादी जनयुद्धको दुरुपयोग गरेर राजनीतिको आडमा थापाले अपराध, गुण्डागर्दी र भ्रष्टाचार गरिरहेका छन्् । हाल उनले ने।क।पा। का विरुद्ध दमनको नेतृत्व गरिरहेका छन्् । त्यसप्रकारको अपराध नरोके उनलाई जनताले दण्डित गर्न बाध्य हुनेछन्् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु