जीवन्तलाई राजद्रोहको अभियोग

२०७५ चैत्र ४ गते, सोमबार

काठमाडौं , ३ चैत । सरकारले प्रतिवन्ध घोषणा गरे लगत्तै पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’लाई सरकारले राजद्रोहको अभियोग लगाएको छ । शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएका नेता जीवन्तलाई आज बिहान टेकु चौकीमा लगेर अदालतमा ल्याई सो मुद्दा दायर गरिएको हो ।
जिल्ला अदालत काठमाण्डौंले जीवन्तलाई पाच दिनको म्याद थपेको छ । सो पार्टी गठन भएर आएपछि पहिलोपटक कुनैपनि नेतालाई राजद्रोहको अभियोग लगाएको यो पहिलोपटक हो । सोही अभियोगमा मुद्दा चलाउने तयारी सरकारले गरेको छ । आफूहरु देशको स्वाधीनता र जनताको अनधिकारको लागि शान्तिपूर्ण एकीकृत जनक्रान्तिको कार्यदिशासाथ जनतामाझ् राजनीतिक गतिविधि गरिरहेको प्रतिक्रिया आइतबार अदालतमा परिसरमा उपस्थित संचारकर्मीहरुलाई दिए । नेता जीवन्तलाई गिरफ्तार गरेयता आइतबार बिहान ११ बजेतिर मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुबाट सार्वजनिक गरिएको थियो । गिरफ्तारपछिलगत्तै कालो चश्मा र त्यसमाथि कालै पट्टी लगाएको र त्यो आजै टेकु ल्याइपुर्याएपछि मात्र खोलिएको समेत उनले जानकारी दिए । ‘राज्य साँच्चिकै फासीवादी बनेको छ, यो फासीवाद धेरै टिक्दैन’ उनले भने
आजै काठमाडौं जिल्ला अदालतले अखिल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय संयाेजक राजु कार्कीलाई थप ४ दिन र युवा संगठनका जयराम डंगोललाई आजै तीन दिन म्याद थप गरेकाे छ । जीवन्त, कार्की र डंगोल तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ । महासंघका संयोजक कार्कीलाई फागुन २१ गते राजधानीको सामाखुशी र डंगोललाई फागुन १५ गते दिउँसो ४ बजे जोरपाटीबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]