‘इम्युनोग्लोबिन’ सुईको अभाव

२०७५ चैत्र ४ गते, सोमबार

काठमाडौं, ४ चैत । जनावरले टोकेका बिरामीलाई ‘एन्टिरेबिज’सँगै लगाइने ‘इम्युनोग्लोबिन’ सुई काठमाडौं बाहेकका जिल्लामा अभाव देखिएको छ । गहिरो घाउ, टोकाइ बढी भएको, घाँटीभन्दा माथि तथा हातका औंलामा जनावरले टोकेको अवस्थामा ‘इम्युनोग्लोबिन’ सुई लगाउनुपर्ने हुन्छ । टाउकोमा गहिरो घाउ भएको संक्रमणमा हुने जोखिम न्यूनिकरण गर्न एन्टिबडी अर्थात रेविज इम्युनोग्लोबिन सुई लगाइने गरिन्छ । एन्टिरेबिज खोपले काम गर्न १५ दिनजति लाग्ने भएकाले यो सुई प्रभावकारी मानिन्छ । यो औषधी जनावरले टोकेपछी जत्ति सक्दो छिटो दिनुपर्ने हुन्छ तर काठमाडौं बाहिर इम्युनोग्लोबिन औषधी उपलब्ध नहुँदा समस्या परेको सर्बसाधारणको गुनासो छ ।
एन्टिवडी औषधीको अभाब जिल्ला बाहिर हुँदा कयौं बिरामीको मृत्यु समेत हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रतिमहिना ३५ सय भन्दा बढी जनावरले टोकेका बिरामी आउछन् । हरेक दिन आउने १ सय पचास बिरामी मध्ये ८ जना जत्ति इम्युनोग्लोबिन’ दिनुपर्ने अवस्थाका हुन्छन् ।
हाल नेपालमा एन्टिरेबिज सुई निःशुल्क छ तर, जनावरले टोकेको गहिरो घाउमा लगाउने इम्युनोग्लोबिन सुइ भने किन्नु पर्छ । किन्नुपर्छ जुन अत्यन्त महँगो छ । यो सुई व्यक्तिको शारीरिक तौलअनुसार लगाइन्छ । एक वयस्कलाई ४ हजार रुपैयाँ बराबरको सुइ लगाउनुपर्ने चिकित्सक बताउछन् । महँगो औषधि प्रतिकिलोग्राम एक हजार रुपैयाँ देखी १२ सय रुपयाँ सम्म पर्छ ।
सन् २०३० सम्म रेबिजबाट हुने मृत्यु शुन्यमा झार्ने सरकारी लक्ष्य छ । तर, एन्टिरेबिज खोपसंगै लगाइने इम्युनोग्लोबिन औषधी महँगो र सहज उपलब्ध नहुँदा जनावरको टोकाईबाट मृत्यु हुने क्रम बढ्दो छ । नेपालमा वर्षेनि सयभन्दा बढी व्यक्तिको रेबिजले मृत्यु हुन्छ । ५० हजारभन्दा बढी व्यक्ति कुकुर र अन्य जनावरको टोकाइमा पर्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु