वाद शाहको कपडा र छट्टु लुटेराको बिगबिगी – संसारसेन पृथक
सानो चराको मुर्ख बच्चोको कथाबाट सुरुगरौ : चारैतिर बादलले गमक्र्याउ निस्पट अँध्यारो धर्ती आकास मडारी रहेको देखिएको रहेछ । बादलको छिद्रा छिद्रबाट सरर सरर आगोको जस्ता मिल्किरहेको रहेछ । मौसमले खतराको संकेत दिएको देखेर हुटिट्याउ चाडोचाडो आफ्नो बासस्थान तिर दौडेछ । उस्का बच्चाहरू भोक्ले याकुल ब्याकुल भएका रहेछन । आमाले थोरै खानेकुरा ल्याएर आफ्नो बच्चाको मुख्मा हालेछ । उनीहरुको भोक मरेछ । केहिसमयपछि आकासबाट मेघ र असिना गर्जनतर्जन हुँदै भुइँमा खसेछ। आमालाई आफ्नो बच्चाहरूलाई कसरी बचाउने त्यो चिन्ता थियो होला एउटा मूर्ख बच्चाले आमासग रिसाउदै भनेछ म यो सबै बिपत्तिको सामना गर्छु। आकशबाट खस्ने असिनापानी मात्रै होइन आकाशनै किन नखसोस थामेर देखाउछु। आमाको भनेको नमानिकनै बाहिर निक्लेर आकाशतिर आफ्नो लामा खुट्टाले आकाश थाम्ने कुचेस्टा गरेछ । पानी र असिनाको प्रती सामना गरेछ तर एकाएक चट्याङले नजिकै आफ्नो आकार ओगटेर खसेछ। त्यसको मुख्य केन्द्रित निशानी त्यो हुटिट्याउमा परेछ । केहिसमय पछि आमा र अरु बच्चा मूर्ख हुटिट्याउ तिर पुगेछन। पुरै शरीरभरि जलेको आधा शरीर चुडिएर पर पुगेको देखियो । त्यतिबेला देखि हुटिट्याउले आकाश थाम्दैन भन्ने सुरु उखान भएको रे।
अन्तमा छोराको हालत हेरेर बचेकुचेका बच्चालाई पखेटामुनि छोपेर रुदै रुदै थेबे थेबे भनेर कराउनथालेको कुरा सर्बब्याप्त कथाको सुरु भएको पाउछौ ।
यता देशको हालतपनी थेबेकै भएको छ राष्ट्रिय अखण्डता सार्बभौमसत्तामाथी बदनियत सम्झौता र राष्ट्रभक्ती जनतन्त्रिक शक्तिमाथी प्रतिबन्ध लगायर राष्ट्रका “नासुर” थेबेहरुले के गर्न खोजेहोलान गम्भीर बनाउछ। हुनत केपी प्रचण्डको राष्ट्रबादको मानव मुकुन्डोले छोपिएको राजनीति कात्रो खोलिएको छ त्यस्कोलागी धन्यवाद दिनैपर्छ। लामो समयसम्म यो नासुर बीष फैलिएर जनता र राष्ट्रभक्ती तथा प्रजातान्त्रिक समुदाय समेतलाई बिगार्ने खतरा देखिन्थ्यो बेलैमा खिल फुटेको छ अब यो राष्ट्रको नासुर खिल निचोर्नु पर्नेपर्ने देखिन्छ किनकी सबै गएकोकको छैन आधामात्र फुटेर दुर्गन्धित बनाउनेतर्फ उदत छ। पतित र निरहको राजनीति सान्ती र समृद्धिको दिशामा जादैन कोलाहल र हिंसालाई प्राथमिकता दिएको हुन्छ जस्ले हत्याको पासो थाप्न थालेको हुन्छ ।
बास्तबिक लुटेरा र पतित फासिबाद:
उहाँ भन्नुहुन्छ एउटा भिन्नै बिचार राजनीति दर्शन बोकेका राजनीति दललाई लुटेरा समूह वा कतिसम्म निरह र कुरुरता प्रदसन छ सार्बभौमसत्ता भु अखण्डतामा आछ आउनेगरी बोल्ने बेमौसमी बिषालु बिषपातलाइ काखमा राखेर एउटा राष्ट्रियता,जनतन्त्र र जनजातिकाको आधुनिक तथा बैज्ञानिक समाजबादको परिकल्पना गरेर एकीकृत जनक्रान्ति को बैचारिक दर्शनको स्पष्ट भिजन भएको कम्युनिस्ट राजनीति पार्टीलाई लुटेरा समुहको संज्ञा समेत दिन हिचकिचाउनु भएनछ हुनत उहालाई नेपालका ९९% बौद्धिक जमातले बुझ्ने गर्छ इतिहासमा सबैभन्दा बच्केउली ढिपी र चिन्तनका अभिभावक केपी वलिनै हो जस्ले आन्तरिक राष्ट्रियतालाइ भताभुङ्ग पारेर हाइब्रेड नस्लिय उग्रवादी राष्ट्रबादी चिन्तन भएको स्पष्टतया देखियको हो त्यसैअनुरूप उहाले बोल्ने कुनै सब्दलाइ बाल मनोबिज्ञान सग मिल्दोजुल्दो हुन्छ।
उहाले कुनै राजनीति दललाई लुटेराको संज्ञा दिनुभन्दा एकरत्ति फर्किनु भएनकी आफ्नो सरकारले र पार्टीको नममा कतिसम्म लुटिएको छ भन्नेकुरा। गाउँमा सर्बसाधारन जनताको हालत एक सिटामोलको ट्याबलेट नपाएर जनताले अकालमा जीवन फाल्नु परेको छ उहाको स्वास्थ उपचारकालागि मात्रै एक्काइस करोड उपचारका लागि खर्च गरेकोे सत्यत हो बैधानिक रूपमा यसरी राष्ट्रिय सम्पति लुटपाट भएको होईन कि केपि वलिले झापाको आफ्नो पुर्खेउली सम्पत्ति बेचेर उपचार गरेको इतिहास छ बिडमबना त्यहीँ झापाको कुनैकुनै सर्बसाधारनले छोराछोरीको उपचाररत पुर्खाको सम्पती सकेर सुकुम्बासी भयको इतिहासमा पढ्न पाउँदा हामीलाई प्रश्नको उत्तर सजिलोसँग आउच लुटेरा को ? के यतिको बिप्लपले अबैध सुसासनको दुरुपयोग गरेर लुटेकै छनत । अर्कोकुरा वाइडबडी एउटा जहाज खरिदको बेला ६/६ अर्बको घोटाला भयो तपाईंको प्रधानमन्त्री हुदा खेरिनै त्यतिको लुटपाट साच्चिकै बिप्लप नेकपाले गर्योरकि तपाईंको नेर्तित्वको सरकार र त्यस्को गुरु योजनाको नेकपा ( नेकपा ) ले गर्योस तपाईंले त्यस्को जस्टिफाइ गर्न नासक्ने नाथे एउटा जड्याहा सैलिमा अर्कोलाई बोल्दिने अर्कोतिर एनसिएल कान्डत बिश्वब्यापी फैलियो यस्मा तपाईंको मत सुन्ने बिचार अत्यन्तै इच्छा थियोे बिडम्बना तपाईं र कमरेड प्रचण्डले चुनाव ताका लिएको अर्बौं रकमको सट्टामा राज्यको कर छलिगरेको हल्लाले नेपाल ततायो ७२ अर्ब रूपमा राज्यको कर सर्बच्व अदालतले समेत तिर्नुपर्ने फैसला सुनाउदा तिर्नुपर्दैन भनेर आल्टाल गर्न लगाइएको रहेछ त्यत्रो भ्रष्टाचारको रकम चुनाव खर्चनै गरेको भएनी राज्यलाइ बुझाइदिएको भय बिप्लपले हानेको बम औचित्य हिन हुने थियो तपाईंको पार्टीले सापटी लिने सरकारले उक्त कम्पनीबाट कर असुल उप्पर नगर्ने हातिको मुल्यलाइ खरायो देखाउने अनि विवेकहिन तरिकाले अर्कोलाइ लुटेरा भन्ने तपाईं र तपाईंको पार्टिले यसरी लुटेको पोल खुलाउन थालेपछि लुटेरा समुहको बिल्ला बिप्लपलाइ भिराउनु कत्तिको न्यायोचित होला ।
तपाईंको लुटेरा हुनभन्ने भाषामा सहमत हुदैगर्दा प्रचण्डले जनमुक्ति सेनाको अरबौ रकम हिनामिना र अपारदर्शी हुदासमेत चिन्ता लागेन निर्दोष माथि हमला गरियो भने धेरै प्रश्नको चाङ आफुतिर सोजिन्छन भन्नेकुरा भुल्नुहुन्थेन हजुरकै मन्त्रीपरिषदका अर्थमन्त्रीले भन्नू भएको सुनिन्छ कृषिमा लगानी गरेको सम्पूर्ण रकम बिचौल्याले खाय वास्तविक किसानले पाएनन अनि यस्लाइ लुटेराहरुको जमात नभनेर समृद्धिका नायक भन्ने ।
शिक्षा र स्वास्थमा अबैध लुटपाट :
शिक्षाको उन्नत र बैज्ञानिक पाठ्यसामग्री पाठ्यक्रम सिकाइने नियमको बारेमा अत्यन्तै गम्भीर बिषय उठिरहेको बेला सामुदायिक बिद्यालय रद्दीको टोकरी बनाएर निजीकरणको नियम यो दुइतिहाइको सरकारले नियन्त्रणमा गर्नुको सट्टामा थप निजीकरणलाई प्रसय दिएको छ स्वास्थ बिध्यक सिमित भुमाफियाको हित अनुकूलता अनुसार आयो त्योप्रती ध्यानाकर्षण अह हुन सकेन निजि शिक्षा र स्वास्थ्यमा तपाईंको पार्टीको असीमित सियर छ त्यतातिर ध्यान कतिबेला जान्छ ।
हेर्दाहेर्दै खाडी र मलेसियामा कमाएर देश धान्न पठाएको रेमिट्यान्स समेतलाई दुरुपयोग गरेर युरोप तिर थन्किएको बर्तमन सरकारले ल्याएको आर्थिक नीति छ खाडीमा कामगरेर पठाएको रेमिट्यान्स स्वदेशमा केही सदुपयोग हुनुको सट्टामा उन्नत र सुलभ शिक्षा स्वास्थ नभएर त्यहीँ रेमिट्यान्स बोकेर युरोप उपचार अध्यन गर्दा आर्थिक कसरी सरुवा भएको छ र नेपालको आर्थिक वृद्धिदर न्यून ओरालो लागेको छ त्योप्रती सरकारको ध्यानाकर्षण छैन यहाँ सबै हिसाबले अध्यन गर्दा बर्तमन राज्यब्यबस्था वाद शहाको नाङ्गो शरीरमा लाउने महगो जामा र पट्टुको सिकायत बाहेक के हुन सक्छ।
अर्कोकुरा तपाईंको समृद्धि मैना र सुगाले तालिम गरेर आकाशमा उडदै इट ल्याउ काठ ल्याउ भनेजस्तो असफल भएपछि दुनियाँमा रैतिले बैकल्पिक मार्ग अनिवार्य खोज्दछ त्यो मार्गमा अपनाउने राजनीति बस्त्रशस्त्र बर्तमन सरकारले नबुझन सक्छ कम्सेकम अलि बौद्धिक छेमतावान मान्छेसँग सोधेरत हल गर्नु चुरोटको पिधमा स्म्याक तानेर नसाको झोकमा लुटेरा बोल्नुअर्दचेत बच्केउली बोलिरहदा दुनियाँमा तपाईंको कस्तो संदेश प्रबाह गयो भ्रष्टाचार लुटपाट चोरी चाकरी च्याप्लुसिलाइ प्रसय दिन पुलिस सेनाको बन्दुकको बलमा कतिदिन चम्किन सक्किन्छ प्रधानमन्त्री ज्यू ।