ने. क. पा. को संगठन सुदृढीकरण तथा बिस्तार अभियान सम्पन्न
काठमाडौं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीद्वारा मेचिमा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियान दुईको अन्तिम समीक्षा कार्यक्रम यहीँ चैत ४ गते उत्साहपुर्वक सम्पन्न भएको छ । मेची ब्युरो कार्यालय सदस्य तारा थापाको अध्यक्षता र पार्टीका पाेलिटब्युरो सदस्य तथा अभियान टाेली प्रमुख अाेम प्रकाश पुनकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा अभियानमा क्रियाशील सबै अभियान कर्मिले अाफ्नाे अनुभुती सहितको समिक्षात्मक रिपोर्ट राखेका थिए । मेचीकाे ईलाम र पाँचथरमा सञ्चालन गरिएको अभियानले जनतामा राम्रो उत्साह ल्याएको, पार्टी संगठनकाे बिस्तार र राजनीतिक प्रचारप्रसार राम्रो भएको, पार्टीमा पुर्णकालिन कार्यकर्ताकाे संख्यामा वृद्धि भएको र पछिल्लो चरणमा केपी अाेलीकाे दलाल सामाजिक फाँसिवादी सरकारले गरेको दमन र पार्टी माथि लगाएको कथित प्रतिबन्धले जनतामा झन सरकार प्रति अाक्राेस बढेको तथा पार्टी पंक्तिमा थप जुझारु पनकाे बिकास भएको समीक्षा उक्त कार्यक्रममा गरिएको थियोे । समीक्षा बैठकमा पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले सबै अभियानकर्मी याेद्धाहरुलाई बधाई दिदै अब पार्टीले अघि सारेको एकीकृत जनक्रान्ती जनतामा सर्वस्विकार्य भैसकेकोले अब दृढताका साथ अघि बढ्न अाहुवान गरे । उनले भने, अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिवेश क्रान्ति अनुकूल छ । विश्व साम्राज्यवादीहरु अापसि अन्तरबिराेधमा फसेका छन् र बिश्व तेस्रो बिश्व युद्धको परिवेशमा छ । देश भित्रका दलाल पुजीवादीहरु पनि अापसि अन्तरबिराेधमा फसेका छन् र संकटग्रस्त हुदै गएका छन् । उनिहरुले अाफ्नाे असफलतालाई गृहयुद्ध मार्फत विषयान्तर गर्न खाेज्दैछन् । सिके रावत जस्ता बिखण्डनकारी लाई स्वागत गर्ने र अंगालो हाल्ने तर देशमा बैज्ञानिक समाजवादी क्रान्तिका लागि संघर्षरत हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने जस्ता हर्कत केपी र प्रचण्डको अाफ्नाे स्वबिवेकमा भन्दा पनि ईण्डाे अमेरिकी साम्राज्यवादी शक्तिको निर्देशनमा भएको हाे । अहिले सिके र प्रतिबन्धकाे काण्डले दलाल सरकार झन संकटमा परेको छ । प्रतिबन्धकाे नाटक पानीको फाेका सरि फुटेझै कथित ३५ दिने अल्टिमेटम पनि हावामा उड्ने छ । त्यसैले हाम्रो संगठन सुदृढीकरण तथा बिस्तार अभियान ३ छिट्टै सुरु हुने भएकोले अब यसलाई निरन्तरता लिन पनि नेता पुनले कार्यकर्तालाई निर्देश दिए । दलालहरुले लगाएको प्रतिबन्धकाे कडा जवाफ पार्टीले दिने र उनीहरुले घाेषणा गरेको अन्यायपूर्ण युद्धको सामाना दृढतापुर्वक गर्ने भएकोले साेहि दिशामा अघि बढ्न पनि समिक्षामा सहभागी अभियानकर्मिलाई नेता पुनले निर्देशन दिएका छन् ।