ने. क. पा. का कार्यकर्तामाथि गोली प्रहार

२०७५ चैत्र ६ गते, बुधबार

काठमाडौँ , ६ चैत । प्रहरीले गोली चलाएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले हिजो राति काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत खहरेपांगु–२ काफलडाँडामा ने क पा का कार्यकर्तामाथि गोलि प्रहार गरि पक्राउ गरेको बताइएको छ ।
त्यसैगरी प्रहरीले काठमाडौंबाट थप दुई जनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेहरुमा नुमबहादुर विक, विशाल तामाङ, शिव धिमाल र विकेन्द्र राई छन् । उनीहरु ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ ।
सरकारले प्रतिवन्ध लगाएर दमन र धरपकडको नीति लिए पछि नेकपाविरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।

प्रतिक्रियाहरु

[anycomment]