माओवादी विद्युतीय धराप , ९ सुरक्षाकर्मी घाइते
काठमाडौं, ७ चैत । भारतीय माओवादीले छत्तिसगढको बीजापुर जिल्लामा सुरक्षाकर्मीसहित सवार बस धरापमा परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार चुनावको लािग खटिएका सुरक्षाकर्मी सार्वजनिक बसमा सवार गर्दै थिए । बीच सडकमा विस्फोट परी सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् । नक्सल विरोधी अभियानमा खटिएका प्रहरी उपमहानिरीक्षक सुन्दराज पीले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । उनका अनुसार घटना बुधबार साँझ ७ः४५ मा घटना भएको थियो ।
प्रहरीले घटना स्थल पुगेर खोजी कार्य जारी राखेपनि माओवादीलाई भेटाउन सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अप्रिल ११ र १८ मा हुने लागेको लोकसभा चुनावको लागि सुरक्षाकर्मी गाउँगाउँमा पुगेपछि माओवादीले पनि गतिविधि बढाएका छन् । त्यस्तै अप्रिल २३ गरी तीन चरणमा निर्वाचन हुँदैछ । लोकसभाका ११ सिटको लागि छत्तिसगढमा चुनाव हुँदैछ ।