ने. क. पा. का नेता सुदर्शन गिरफ्तार

काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले सुदर्शनसहित ९ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेका हो । नेता सुदर्शनसहित नेताहरु शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेकाे महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले बताए ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले गाउँगाउँ पुगेर सो पार्टीका नेताहरुलाई प्रकाउ गरिरहेको छ ।