वादशाहको कपडा र छट्टु लुटेराको बिगबिगी – संसारसेन पृथक
सानो चराको मुर्ख बच्चोको कथाबाट सुरुगरौं – चारैतिर वादलले गमक्र्याउ निस्पट अँध्यारो धर्ती आकाश मडारी रहेको देखिएको रहेछ । वादलको छिद्रा छिद्रबाट सरर–सरर आगोको जस्ता मिल्किरहेको रहेछ । मौसमले खतराको संकेत दिएको देखेर हुटिट्याउ चाँडोचाँडो आफ्नो बासस्थानतिर दौडेछ । उसका बच्चाहरू भोकले आकुल–ब्याकुल भएका रहेछन् । आमाले थोरै खानेकुरा ल्याएर आफ्नो बच्चाको मुख्मा हालेछ । उनीहरुको भोक मरेछ । केही समयपछि आकाशबाट मेघ र असिना गर्जन–तर्जन हुँदै भुइँमा खसेछ । आमालार्ई आफ्नो बच्चाहरूलार्ई कसरी बचाउने त्यो चिन्ता थियो होला, एउटा मूर्ख बच्चाले आमासँग रिसाउँदै भनेछ म यो सबै बिपत्तिको सामना गर्छु । आकाशबाट खस्ने असिना–पानी मात्रै होइन आकाशनै किन नखसोस् थामेर देखाउँछु । आमाको भनेको नमानिकनै बाहिर निक्लेर आकाशतिर आफ्नो लामा खुट्टाले आकाश थाम्ने कुचेस्टा गरेछ । पानी र असिनाको सामना गरेछ । तर, एकाएक चट्याङले नजिकै आफ्नो आकार ओगटेर खसेछ । त्यसको मुख्य केन्द्रित निशानी त्यो हुटिट्याउँमा परेछ । केही समय पछि आमा र अरु बच्चा मूर्ख हुटिट्याउतिर पुगेछन् । पूरै शरीरभरि जलेको आधा शरीर चुँडिएर पर पुगेको देखियो । त्यतिबेलादेखि हुटिट्याउले आकाश थाम्दैन भन्ने सुरु उखान भएको रे । अन्त्यमा छोराको हालत हेरेर बचेकुचेका बच्चालार्ई पखेटामुनि छोपेर रुँदै–रुँदै थेबे–थेबे भनेर कराउन थालेको कुरा सर्बब्याप्त कथाको सुरु भएको पाउछौ ।
यता देशको हालत पनि थेबेकै भएको छ राष्ट्रिय अखण्डता सार्बभौमसत्तामाथि बदनियत सम्झौता र राष्ट्रभक्ति जनतन्त्रिक शक्तिमाथि प्रतिबन्ध लगाएर राष्ट्रका ‘नासुर’ थेबेहरुले के गर्न खोजे होलान् । गम्भीर बनाउछ । हुन त केपी प्रचण्डको राष्ट्रवादको मानव मुकुन्डोले छोपिएको राजनीति कात्रो खोलिएको छ । त्यसको लागि धन्यवाद दिनैपर्छ । लामो समयसम्म यो नासुर बीष फैलिएर जनता र राष्ट्रभक्ति तथा प्रजातान्त्रिक समुदायसमेतलार्ई बिगार्ने खतरा देखिन्थ्यो । बेलैमा खिल फुटेको छ । अब यो राष्ट्रको नासुर खिल निचोर्नु पर्ने देखिन्छ किनकि सबै गएको छैन । आधा मात्र फुटेर दुर्गन्धित बनाउनेतर्फ उद्यत छ । पतित र निरीहको राजनीति शान्ति र समृद्धिको दिशामा जाँदैन । कोलाहल र हिंसालार्ई प्राथमिकता दिएको हुन्छ जस्ले हत्याको पासो थाप्न थालेको हुन्छ ।
बास्तबिक लुटेरा र पतित फासिवाद
उहाँ भन्नुहुन्छ एउटा भिन्नै बिचार राजनीति दर्शन बोकेका राजनीति दललार्ई लुटेरा समूह वा कतिसम्म निरीह र क्रुरता प्रदर्शन छ । सार्बभौमसत्ता भूअखण्डतामा आछ । आउनेगरी बोल्ने बेमौसमी बिषालु बिषपातलाई काखमा राखेर एउटा राष्ट्रियता, जनतन्त्र र जनजातिको आधुनिक तथा बैज्ञानिक समाजवादको परिकल्पना गरेर एकीकृत जनक्रान्तिको बैचारिक दर्शनको स्पष्ट भिजन भएको कम्युनिस्ट राजनीति पार्टीलार्ई लुटेरा समूहको संज्ञा समेत दिन हिचकिचाउनु भएनछ । हुन त उहालार्ई नेपालका ९९५ बौद्धिक जमातले बुझ्ने गर्छ, इतिहासमा सबैभन्दा बच्केउली ढिपी र चिन्तनका अभिभावक केपी वलिनै हो, जसले आन्तरिक राष्ट्रियतालाई भताभुङ्ग पारेर हाइब्रेड नस्लिय उग्रवादी राष्ट्रवादी चिन्तन भएको स्पष्टतया देखिएको हो । त्यसैअनुरूप उहाँले बोल्ने कुनै शब्दलाई बालमनोबिज्ञानसँग मिल्दोजुल्दो हुन्छ ।
उहाँले कुनै राजनीति दललार्ई लुटेराको संज्ञा दिनुभन्दा एकरत्ति फर्किनु भएन कि आफ्नो सरकारले र पार्टीको नममा कतिसम्म लुटिएको छ भन्नेकुरा । गाउँमा सर्बसाधारण जनताको हालत एक सिटामोलको ट्याब्लेट नपाएर जनताले अकालमा जीवन फाल्नु परेको छ । उहाँको स्वास्थ उपचारका लागि मात्रै एक्काइस करोड उपचारका लागि खर्च गरेकोे सत्य त हो । बैधानिक रूपमा यसरी राष्ट्रिय सम्पति लुटपाट भएको होइन कि केपि वलिले झापाको आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर उपचार गरेको इतिहास छ । बिडम्बना त्यहीँ झापाको कुनैकुनै सर्बसाधारणले छोराछोरीको उपचाररत पुर्खाको सम्पत्ति सकेर सुकुम्बासी भएको इतिहासमा पढ्न पाउँदा हामीलार्ई प्रश्नको उत्तर सजिलोसँग आउच लुटेरा को ? के यतिको विप्लवले अबैध सुशासनको दुरुपयोग गरेर लुटेकै छन् त ? अर्को कुरा वाइडबडी एउटा जहाज खरिदको बेला ६–६ अर्बको घोटाला भयो । तपाईंको प्रधानमन्त्री हुँदाखेरि नै त्यतिको लुटपाट साँच्चिकै विप्लव नेकपाले ग¥यो कि तपाईंको नेतृत्वको सरकार र त्यसको गुरुयोजनाको नेकपा (नेकपा) ले ग¥यो ? तपाईंले त्यस्को जस्टिफाइ गर्न नसक्ने नाथे एउटा जँड्याहा शैलीमा अर्कोलार्ई बोल्दिने अर्कोतिर एनसेल कान्ड त बिश्वब्यापी फैलियो । यसमा तपाईंको मत सुन्ने बिचार अत्यन्तै इच्छा थियोे । बिडम्बना तपाईं र कमरेड प्रचण्डले चुनावताका लिएको अर्बौं रकमको सट्टामा राज्यको कर छलि गरेको हल्लाले नेपाल ततायो । ७२ अर्ब रूपमा राज्यको कर सर्बच्व अदालतले समेत तिर्नुपर्ने फैसला सुनाउँदा तिर्नु पर्दैन भनेर आलटाल गर्न लगाइएको रहेछ । त्यत्रो भ्रष्टाचारको रकम चुनाव खर्चनै गरेको भए नि राज्यलाई बुझाइदिएको भए, विप्लवले हानेको बम औचित्यहीन हुने थियो । तपाईंको पार्टीले सापटी लिने सरकारले उक्त कम्पनीबाट कर असुल उपर नगर्ने हात्तीको मूल्यलाई खरायो देखाउने अनि विवेकहीन तरिकाले अर्कोलाई लुटेरा भन्ने तपाईं र तपाईंको पार्टीले यसरी लुटेको पोल खुलाउन थालेपछि लुटेरा समूहको बिल्ला विप्लवलाई भिराउनु कत्तिको न्यायोचित होला ?
तपाईंको लुटेरा हुन् भन्ने भाषामा सहमत हुँदै गर्दा प्रचण्डले जनमुक्ति सेनाको अरबौ रकम हिनामिना र अपारदर्शी हुँदासमेत चिन्ता लागेन निर्दोष माथि हमला गरियो भने धेरै प्रश्नको चाङ आफुतिर सोझिन्छन् भन्ने कुरा भुल्नु हुन्थेन । हजुरकै मन्त्रिपरिषद्का अर्थमन्त्रीले भन्नु भएको सुनिन्छ कृषिमा लगानी गरेको सम्पूर्ण रकम बिचौलियाले खाए । वास्तविक किसानले पाएनन् अनि यस्लाई लुटेराहरुको जमात नभनेर समृद्धिका नायक भन्ने ।
शिक्षा र स्वास्थमा अबैध लुटपाट
शिक्षाको उन्नत र बैज्ञानिक पाठ्यसामग्री पाठ्यक्रम सिकाइने नियमको बारेमा अत्यन्तै गम्भीर बिषय उठिरहेको बेला सामुदायिक बिद्यालय रद्दीको टोकरी बनाएर निजीकरणको नियम यो दुइतिहाइको सरकारले नियन्त्रणमा गर्नुको सट्टामा थप निजीकरणलार्ई प्रश्रय दिएको छ । स्वास्थ बिधेयक सिमित भूमाफियाको हित अनुकूलता अनुसार आयो । त्योप्रति ध्यानाकर्षण अहँ हुन सकेन, निजी शिक्षा र स्वास्थ्यमा तपाईंको पार्टीको असीमित शेयर छ त्यतातिर ध्यान कतिबेला जान्छ ?
हेर्दाहेर्दै खाडी र मलेसियामा कमाएर देश धान्न पठाएको रेमिट्यान्स समेतलार्ई दुरुपयोग गरेर युरोपतिर थन्किएको वर्तमान सरकारले ल्याएको आर्थिक नीति छ । खाडीमा काम गरेर पठाएको रेमिट्यान्स स्वदेशमा केही सदुपयोग हुनुको सट्टामा उन्नत र सुलभ शिक्षा स्वास्थ नभएर त्यही रेमिट्यान्स बोकेर युरोप उपचार अध्ययन गर्दा आर्थिक कसरी सरुवा भएको छ र नेपालको आर्थिक वृद्धिदर न्यून ओरालो लागेको छ । त्योप्रति सरकारको ध्यानाकर्षण छैन । यहाँ सबै हिसाबले अध्ययन गर्दा वर्तमान राज्यब्यबस्था वादशाहको नाङ्गो शरीरमा लाउने महँगो जामा र पट्टुको सिकायत बाहेक के हुन सक्छ ।
अर्को कुरा तपाईंको समृद्धि मैना र सुगाले तालिम गरेर आकाशमा उड्दै इट ल्याउ काठ ल्याउ भनेजस्तो असफल भएपछि दुनियाँमा रैतिले बैकल्पिक मार्ग अनिवार्य खोज्दछ । त्यो मार्गमा अपनाउने राजनीति बस्त्रशस्त्र वर्तमान सरकारले नबुभ्mन सक्छ । कम–से–कम अलि बौद्धिक क्षमतावान् मान्छेसँग सोधेर त हल गर्नु चुरोटको पिधमा स्म्याक तानेर नसाको झोकमा लुटेरा बोल्नु अर्धचेत बच्केउली बोलिरहँदा दुनियाँमा तपाईंको कस्तो सन्देश प्रबाह गयो । भ्रष्टाचार लुटपाट चोरी चाकरी च्याप्लुसीलाई प्रश्रय दिन पुलिस सेनाको बन्दुकको बलमा कति दिन चम्किन सकिन्छ प्रधानमन्त्रीज्यू ।