चैत १६ गते नेपाल बन्द, सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौं, १२ चैत । नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्ध चैत्रभित्र हटाउन माग गरेको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएका छन । सरकारले गत २८ फागुनमा विप्लव ने.क.पा.माथि प्रतिबन्ध लगाएको थियो । सरकारले आफ्नो असफलता, बदनामी र संकटलवाई छोप्न कथित अशान्ति मच्चाएको र चन्दा उठाएको हवाला दिँदै पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको आरोप लगाउदै ने.क.पा.ले उक्त प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिएकाे हो । ओली नेतृत्वको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको विप्लवले दाबी समेत गरेका छन् ।
महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केपी प्रचण्डको सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको छ । यता हाम्रो पार्टीले राष्ट्रघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरुलाई जनताको माग र चाहना बमोजिम जनकारबाही गर्दै जाँदा आम जनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र संकटलवाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ’।
सरकारले ने.क.पा.माथि लगाएको प्रतिबन्धको राजनीतिक पार्टी, मानवअधिकारवादी संघसस्था, नागरिक समाज, बुद्धिजीवी , पत्रकार, कलाकारलगायतले बिरोध गरिरहदा समेत सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्धन्दतर्फ धकेल्न खोजेको समेत विज्ञप्तीमा भनिएको छ ।
यस्तै सो पार्टीले पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै नेपाल बन्द सहितका चरणवद्ध आन्दोलनको घोषणा गरेकाे छ । ने.क.पा.लेयहि चैत १६ गते नेपाल बन्दको घोषणा गरेको हाे । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको साे पार्टीले बताएको छ ।
घोषित कार्यक्रमहरुमा पर्सि देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने उल्लेख छ ।पार्टीमाथिको प्रतिबन्धको विरोध र पार्टी स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली, पीवीएम मोहन कार्की (जीवन्त), केन्द्रिय सदस्यहरु प्रज्वलन, बन्दु चन्द लगायत गिरफ्तार परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै आमहड्ताल सहित नेपालबन्दको आह्वान गरेको नेकपाले जनाएको छ । विप्लवले नेपाल बन्द चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको पनि विज्ञप्तीमा जनाएका छन् ।
यस्तै ने.क.पा.ले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी’ विप्लवको वक्तव्यमा भनिएको छ ।
यस्तै सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको पनि जनाईएको छ । विज्ञप्तीमा भनिएको छ, यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्रा्ष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ ।’
यस्तै महासचिव विप्लवले देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई बन्द सफल पारी प्रतिबन्धको प्रतिरोध गर्न पनि आग्रह गरेका छन् ।
सरकारले विप्लव नेकपामाथि गत फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । त्यसपछि यस्ता गतिविधिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने बताउँदै आएको छ ।
आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै विप्लव नेकपालाई सरकारले भनेको समयमा हतियार बुझाउन नआए कानुनअनुसार नै त्यसलाई नियन्त्रणमा लिने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिब्यक्ति आएका भोलिपल्ट नै विप्लवले पनि सरकारलाई कडा चेतावनी दिदै विज्ञप्ति निकालेका हुन् ।