हिमपतका कारण एसइइ परीक्षा दिने विध्यार्थीलाई समस्या

२०७५ चैत्र १२ गते, मंगलवार

काठमाडौं, १२ चैत । हुम्लामा पुन: हिमपात भएको छ । हिमपातमा कारण एसइइ परीक्षा दिने विध्यार्थीहरूलाई समस्या परेको छ । हुम्लामा गत पुस, माघ, फागुनमा पनि लगातार हिमपात भएको थियो । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताएका छन् ।
चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु