प्रदेश २ सरकारद्वारा संघीय शिक्षामन्त्रीको राजीनामा माग
काठमाडाैं, १५ चैत । प्रदेश २ सरकारले संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राजीनामा दिनुपर्ने बताएको छ । प्रदेशलाई बद्नाम गराउन लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र बाहिरुनुमा केन्द्र सरकार नै जिम्मेवार रहेको प्रदेश सरकारको जिकिर छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको बताउँदै संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । माध्यमिक परीक्षा बोर्ड एसईईको प्रश्नपत्र लगातार दुई दिन बाहिरिए पछि प्रदेश २ मा सामाजिक र विज्ञान विषयकाे परीक्षा स्थगन/रद्द भएकाे छ । यसै विषयलाइ लिएर विद्यार्थीहरूसमेत आन्दोलनमा उत्रिएका छन् । बुधबार अनिवार्य विज्ञानकाे प्रश्नपत्र बाहिरिएपछि बिहीबार साे विषयकाे परीक्षा रद्द गरियाे । बिहीबार नै राति सामाजिक विषयको प्रश्रपत्र समेत बाहिरिएपछि अाजकाे साे परीक्षा स्थगन भएको छ । यसकाे विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । परीक्षार्थीहरु परीक्षा स्थगित भएको विरोधमा जनकपुरधामको पिडारी चोक, भानु चोक, रामानन्द चोक लगायतका स्थानमा सडकमा टायर बाल्दै प्रदेश तथा संघीय सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।