ने.क.पा. को पार्टी कार्यालय प्रहरीले भत्कायो ।

काठमाडाैं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ डोजर लगाएर भत्काईएको छ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा केही दिन अगाडी ताला लगाएर पार्टीसग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।
बिगत १३ बर्षदेखी सो कार्यालय पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेको थियो । तत्कालीन नेकपा (माओवादी) हुँदै पछि बैध त्यसपछि विप्लवले सो कार्यालय आफ्नो पार्टीकार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो । यसबारे नेकपाका जिल्ला इन्चार्जले खेद व्यक्त गर्दै आफ्नो पार्टीलाई गम्भीर र आक्रोसित बनाएको बताए ।