विद्यार्थीको विरोध प्रदर्शनमा गोली प्रहार , एक जना घाइते

२०७५ चैत्र १६ गते, शनिबार

काठमाडाैं, १६ चैत । प्रदेश नम्बर २ मा एसईई परीक्षा स्थगित भएपछि गरिएको प्रदर्शनमा एक विद्यार्थीलाई गोली लागेको छ ।
बाराको जितपुरमा विद्यार्थीले गरको प्रदर्शन उग्र भएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर एक विद्यार्थी घाइते भएका छन् । प्रहरी र विद्यार्थीहरुको दोहोरो भिडन्तमा दर्जनौ पनि प्रहरी घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले प्रहरीको मोटरसाइकल पनि जलाएका छन् । विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय जीतपुरभित्र रहेको प्रहरीको गाडीमा आगजनीको प्रयास गरेका थिए ।
विद्यार्थीहरुलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फाएरसमेत गरेको छ । विद्यार्थीहरुले पनि प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गरेका छन् । प्रदर्शनका कारण बारास्थित पथलैया वीरगञ्जसडक खण्ड विहानदेखि नै अवरुद्ध भएको छ । एसईई परीक्षाको प्रश्नपत्रहरु धमाधम बाहिरिएपछि सरकारले प्रदेश २ को बाँकी परीक्षा स्थगित गरेको छ । विहिबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भईसकेको छ भने आज हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि शुक्रबार नै बजारमा छ्यापछ्याप्ती भएको थियो । शिक्षा मन्त्रालयको हिजो बसेको वैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु