उपराष्ट्रपतिमाथि सांघातिक आक्रमण !

२०७५ चैत्र १७ गते, आईतवार

काठमाडाैं, १७ चैत । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि बल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको छ । आक्रमणमा उनी बच्न सफल भएका छन् । उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ । घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । उपराष्ट्रपति दोस्तममाथि यो दोश्रो आक्रमण हो ।
यसअघि गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाती बिस्फोटमा उहाँ बच्न सफल भएका थिए । सन् २०१४ देखि राजनीतिमा प्रवेश गरेका दोस्तम विवादास्पद छवी भएका नेताका रुपमा चिनिन्छन् । उनीमाथि आफना प्रतिस्पर्धी नेताहरुको अपहरण,बलात्कार जस्ता अपराधमा संलग्न रहने गरेको आरोप लाग्ने गरेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]