सुन तोलाको ५९ हजार ५ सय
काठमाडौं, २० चैत । आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।