प्रधानमन्त्रीलाई खुला पत्र : ‘गोली घुँडा मुनि होइन छातीमा थाप्न तयार छौ’ – बिरेन्द्र शाह
प्रधानमन्त्री के पि ओलि ज्यु ,
सर्वप्रथम त विद्रोही ने• क• पा• लाई प्रतिबन्ध लगाएर क्रान्तिकारी हरुमा विवेकपुर्ण आक्रोश र उर्जा पैदा गरि हाम्रो लागि क्रान्ति लाई जीवन र मरणको लडाइँमा रुपान्तरण गरिदिनु भएकोमा तपाई लगायत कमरेड प्रचण्ड र कमरेड बादल लाई विशेष रुपमा धन्यवाद ।
तपाईहरु लाई थाह नै छ नेपाल को इतिहास बडो निर्मम छ , प्रतिबन्ध लगाउनेहरु कलन्कित ईतिहासमा मात्रै सिमित छ्न ।झापा विद्रोह र जनयुद्धको इतिहास बिर्सेर यहाँहरु असाध्यै शान्तिप्रेमी हुनु भएकोमा पनि धन्यवाद न दिईकन रहन सक्दैन । तपाईंहरु भन्नू हुन्छ अब कसका लागि लडने राजतन्त्र छैन , यहाँहरु त भगवान पनि मान्नु हुन्छ ,पुजापाठ गर्दै हिडनु हुन्छ तपाईहरु लाई तिनै भगवान को कसम आफ्नो छातीमा हाथ राखेर सम्झिनुस के झापा विद्रोह राजतन्त्रका विरुद्धमा मात्रै थियो , के जनयुद्ध राजतन्त्र फाल्न मात्रै थियो त ? कदापी होईन । दक्षिणपन्थी भएपनि विपि कोईराला को समाजवाद पनि पढेको छु के उनले जनताको प्रत्यक्ष जीवन बदलिने गरि राखेका विषयहरु अहिले का सन्दर्भमा पूरा भए त ? संसोधनवादी भएपनी मदन भन्डारी लाई पनि सम्झिन्छु उहाँ भन्नू हुन्थ्यो शासन सत्तामा जोसुकै भएपनी जनताको वास्तविक जिवनमा प्रत्यक्षरुपमा बदलाव न आउँदा सम्म र सत्ताको चरित्रमा बदलाव न आउन्जेल सम्म सत्ता जोसुकै को हाथमा होस त्यसको कुनै अर्थ हुदैन संघर्ष निरन्तर जारी राख्नु पर्छ , के मदन भन्डारीले भने जस्तै जनताको जीवन र सत्ताको चरित्रमा फेरबदल आयो त ?
जुन उद्देश्य र प्रस्ताव सहित जनयुद्ध शुरु गरियो र लडाइँमा जनताहरु लाई सहभागिता का लागि अपिल गरियो हजारौं को संख्यामा बलिदानी भयो , के साच्चिकै जनताका बिचमा गरिएका ती वाचा कसम पूरा भएकै हुन त ? तपाईहरु कति सजिलै जबाफ दिनु हुन्छ हगि ,भन्नु हुन्छ आज सबैले बोल्न पाएका छ्न , राजतन्त्र ढलेको छ , सविधानसभा बाट संविधान बनेको छ , म सोध्छु ल भन्नुस त , के कुनै समाज पुरानै सामाजिक संरचनामा अहिले रहेको छ गतिशील समय सङ्ग धेरै थोर त आफै पनि बदलिन्छ होईन र ? अर्को कुरा तपाईले बनाएको संविधानको कुरा गरौ ल भन्नुस त ,त्यहाँ के लेख्नु भयो छोडनुस , त्यो संविधानले कुन मजदुरले पेट भरी खान पाएको छ , कुन गरिव ले साजिलै स्वास्थोपचार पाएको छ , कुन विद्यार्थी आफ्नो क्षमता र रुचि अनुसार सजिलै पढन पाएको छ , कुन युवाले आफ्नै देशमा गरिखाने वातावरण पाएको छ , कुन किसान ले कृषि सम्बन्धि प्रविधी सङ्गै उन्नत खालको मल बीउ पाएको छ ,त्यति मात्रै होईन आज राष्ट्रिय पुजिपती दलाल पुजीको चपेटामा परेर चौपट बनेका छ्न , बैंक मा धरौटी न भएको कुन घर र कुन खेत बाकी छ ,आज सुकुम्बासी को हालत के छ , मुक्तकमैया हरुको जीवन कति निरश छ , सडकमा जुत्ता सिउने मोची दाई लाई कर लगाएका छौ र देशको सबै सम्पत्ति लुटेर विदेश लैजाने Ncell जस्ता दलाल सस्था बाट लिनुपर्ने लाभकर रकम उठाउन सक्दैनौ , एउटा भ्रष्टाचारीले 10 करोड भ्रष्टाचार गरेको छ भने अदालत बाट 1 करोड तिरेर रिहाई हुन्छ र उसको 9 करोड बचत हुन्छ , आज एउटा सुरक्षाकर्मी जो अहोरात्र तपाईंकै सुरक्षामा खटेको छ र यहाँ कै निर्देशनमा हामिलाई खोज्दै, गिरफ्तार गर्दै , गोलि हान्दै हिडेको छ के उसले केटाकेटी पढाउन र परिवार सजिलै पाल्न सकेको छ ? हरेक वर्ष सैनिक दिवसमा 19 औं शताब्दी को जस्ता तोपगोला देखाएर जग हसाई हुँदै छ विश्वमा एउटा ईतिहास रचेको गोर्खाली सेना लाई उसको क्षमता वृद्धि गर्न र अहिले को विश्व परिवेश अनुसार सन्यै क्षमताको विकास गर्न कुनै रणनीति छैन , सिमाना क्षेत्रमा बसोबास गर्ने जनता भारतीय SSB को दुर्व्यवहार र हस्तक्षेप बाट पिडित छ्न नेपाली लालपुर्जा हाथमा छ तर घर बनाउन पाएका छैन्न , जातिय विभेद र महिला हिंसा कायमै छ , समाजको सास्कृतिक चरित्र परम्परागत र रुढीबादी नै छ ।
प्रिय केपि ओलि ज्यु के तपाईको संविधानले उपर्युक्त विषयवस्तु हल गरेकै हुन त ? कदापि होईन । यहाँहरु जनताले मत दिएको कुरा गर्नुहुन्छ हामी बुझ्छौ कि जबसम्म जनताहरु पुर्ण रुपमा राजनीति प्रति सचेत हुदैन तबसम्म तपाईहरु जस्तो कम्युनिस्ट को खोल ओढने र जनता लाई झुठो आश्वासन र नारा दिनेहरुले जनता लाई आधुनिक दास बनाई रहनु हुनेछ तर त्यो केही समयका लागि मात्रै हो ।
प्रधानमन्त्री ओली ज्यु, ,
कमरेड तपाईं लगायत कमरेड प्रचण्ड , कमरेड बादल मिलेर विद्रोही ने क पा लाई प्रतिबन्ध लगाउनु भयो , तपाईले त हामिलाई लुटेरा भन्नू भयो , चन्दा माग्ने भन्नू भयो तपाईं कै कुनै अड्डा अदालतमा विप्लव पार्टी ले कहिकतै लुटेको उजुरी देखाई दिनु पर्यो , कहि कतै जबर्जस्ति चन्दा मागेको , धम्कि देको उजुरी देखाई दिनु पर्यो । रहयो कुरा चन्दा माग्ने विश्वमा यस्तो राजनीति पार्टी देखाईदिनु पर्यो जो बिना चन्दा मागेर चलेको छ या फेरी
यहाँ ले जन्म दिने आफ्नो प्रिय आमा कसम खाएर भन्नुस तपाईले झापा विद्रोहमा चन्दा माग्नु भएन ,चुनावताका कसै बाट सहयोग माग्नु भएन , कै छ जबाफ ? प्रिय ओलि र दहाल ज्यु यहाँहरु त भगवान मा विश्वास गर्नु हुन्छ पुजापाठ गर्नु छ आध्यात्मिक कुरामा विश्वास गर्दै गैरहनु भएको छ तपाईहरु लाई तिनै भगवान र स्वर्गबाट हेरि रहेका सहिद को कसम यसरी जनतालाई न ढाटनुस नत्र यहाँहरुलाई नर्कमा पनि बास नमिल्ला ।
प्रधानमन्त्री ज्यु,
मैले यो पत्र लेखी रहदा हो म स्वीकार गर्छु कि म विद्रोही ने क पा निकट विद्यार्थी सङ्गठन को नेता हो तर एउटा नेपाली नागरिक को हैसियत ले यो पत्र लखेको छु र वास्तविकता यहि हो । मलाई थाह छ म प्रहरी को खोजीको सुचिमा छु र तपाईले प्रहरी लाई असाध्यै उत्तेजित पार्नु भएको छ कि अब विप्लव ले प्रहरी चोकी हान्छ , एक्लै पाए मार्छ्न भनेर प्रहरी दाजु भाईलाई उत्तेजित पार्नु भएको छ तर विदेशीको आड भरोसामा विद्रोही ने क पा लाई सिध्याउन तपाईं लगायत प्रचण्ड कमरेड को योजना कहिले पनि सफल हुने छैन्न। नेपाली राजनितीमा विप्लव को नेतृत्त्व मा वैकल्पिक राजनितीक शक्ति को उदय लाई यहाँहरुले न स्विकार्ने कुरा स्वाभिक नै हो । तपाईं लाई जनकारी गराउ कि हामी वास्तवमा शान्ति चाहन्छौ , जनताको मनै जितेर , जनतालाई राजनितीक रुपमा सचेत बनाएर अगाडि बढन चाहन्छौ तर यहाँहरु निषेध गरेर जाने , दमन गरेर जाने बाटो मा हुनुहुन्छ त्यो भनेको तपाईले आफ्नै राजिनितिक भविष्य माथी प्रतिबन्ध लगाउनु हो । हामी त जिवनमा मरौला बाचौला हामिलाई कुनै चिन्ता छैन्न, हुन सक्छ यो पत्र प्रकाशित भई सके पश्चात अझै बढी खोजिहुन सक्छ , जनता भडकाएको आरोप लाग्न सक्छ र देशद्रोह को मुद्दा लगाएर जसरि पनि जेल हाल्ने कुरा हुनसक्छ तर क्रान्तिको पक्षमा लेख्न छोडिन्न , आफ्नो जीवन को भिख माग्दै तपाईहरु सङ्ग लम्पसार परेर यो पार्टी छोडिन्न , शरिरमा रगत को एक थोपा र अन्तिम सास रहुन्जेल खुट्टामा मात्रै होईन छातिमै गोलि थाप्न तयार भइ तपाईहरुका लुटपाट का विरुद्धमा लडिन्छ ।
प्रिय ओलि , दाहाल र थापा कमरेड तपाईहरु लाई फेरि फेरि पनि यो प्रतिबन्ध का लागि धन्यवाद ।
– लेखक: अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य हुन