अर्धमहाकुम्भ मेला सुरु

२०७५ चैत्र २३ गते, शनिबार

काठमाडौँ, २३ चैत । सुनसरीको चतरामा आजबाट अर्धमहाकुम्भ मेला सुरु हुँदै छ । उक्त मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताईएको थियो तर मौसमको खराबीका कारण प्रधानमन्त्री सहभागी नहुने भएका छन् ।अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर स्थगन भएको हो । साथै यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि उक्त कार्यक्रममा सहभागी हुने तय भएकोमा पोखरेल पनि सहभागी नहुने भएका छन् ।
मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धा्रित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अर्धमहाकुम्भ मेलामा आफु उपस्थित नहुने भएपनि प्रधानमन्त्रीले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले जानकारी दिए ।
मेलाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गर्ने तयारी गरेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए ।
चतरामा हुन लागेको अर्धमहाकुम्भ मेलालाई प्रदेश सरकारले पनि महत्त्व दिएको छ । उसले यसअघि नै मेलाका लागि ५० लाख सहयोग गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु