व्यापार युद्ध अन्त्य गर्न अमेरिका र चीन राजी

२०७५ चैत्र २५ गते, सोमबार

काठमाडौँ, २५ चैत । करिव एक वर्षदेखि चल्दै आएको अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य गर्न आफूहरु सहमति नजिक पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले चीनसँग ऐतिहासिक व्यापार सम्झौता छिट्टै हुने दाबी गर्दै व्यापार वार्तामा केही जटिल मुद्दामा अमेरिकाको सहमति रहेको खुलाएका हुन् । उनले आगामी हप्तासम्ममा उक्त सम्झौता हुन सक्ने दाबी गरे पनि यसका लागि अवरोधहरु कायमै रहेको बताएका छन् ।
२०१८ को जुलाईदेखि चुलिँदै आएको दुई देशबीचको व्यापार युद्धलाई अब निकास दिन दुवै देश सहमत रहको जनाइएको छ । दुवै देशबीच केही हप्तायता जुन मुद्दालाई लिएर सम्झौतामा भेटवार्ता भइरहेको छ, त्यसमा एक अर्काको मुलु्कमा लगाइएको व्यापार शुल्कलाई छिटोभन्दा छिटो फिर्ता लिनु महत्वपूर्ण रहेको निष्कर्ष निकालिन थालेको छ ।
गत डिसेम्बरमा पनि व्यापार सम्झौता गर्ने आपसी सहमति भएको थियो, तर भाडियो । त्यसैमा टेकेर दुवै देश अहिले पनि वार्ता गरिरहेका छन् । यसमा चिनीयाँ राष्ट्रपति शी जिनपिङले पनि सकारात्मक आशा राख्दै व्यापार सम्झौताको विषयलाई लिएर ठोस प्रगतिको कुरा गरेको बताइएको छ । उता अमेरिकी राष्ट्रपति ट्रम्पले चीनका साथ कैयौँ एकदमै जटिल मुद्दामा सम्झौताका लागि बाटो पहिल्याएको बताएका छन् । यदि यो वार्ता सफल भएमा र चीनसँग उक्त व्यापार सम्झौता भएमा राष्ट्रपति शी जिनपिङसँगै आफूले शिखर सम्मेलन समेत गर्ने ट्रम्पले बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]