नेपाल वायुसेवालाई जापान उडानकाे अनुमति

२०७५ चैत्र २५ गते, सोमबार

काठमाडौ, २५ चैत । नेपाल वायुसेवा निगमले जापानमा उडान गर्न अनुमति पाएको छ । आगामी जुलाइ ४ तारिखदेखि निगमले एक हप्तामा ३ वटा उडान भर्नेगरी जापान सरकारबाट अनुमति पाएकाे हाे ।
जापानकाे ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि अनुमति पाएसँगै निगमले ४० दिनभित्रमा नियमित उडान सुरु गर्ने योजना बनाएको बताइएकाे छ । निगम स्राेतले जनाएअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानकाे ओसाकाका लागि सीधा उडान गर्नेछ । यस उडानकाे नेपाली समय राति २:३० बजे रहेकाे छ भने जापानकाे स्थानीय समय ११:५५ मा अाेसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । जापानबाट भने काठमाडाैँका लागि स्थानीय समयअनुसार १:५५ बजे उडान भर्नेछ ।
निगमले आफ्ना आफ्ना एयरबस जहाजमार्फत उडान भर्ने थालेकाे हाे । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जिर्णोद्वारको काम भइरहेकाले समयतालिका नमिल्ने देखिएपछि निगमले साे काम सकिएलगत्तै उडान गर्ने जनाइएकाे छ । याे उडान नियमित भएमा निगमले जापानकाे अर्काे विमानस्थल नारिताका लागि समेत उडान अनुमति पाउन सक्नेछ । यसका लागि आवेदन दिइसकिएको निगमकाे दाबी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु