नब नियुक्त न्यायाधीशद्वारा सपथ ग्रहण
काठमाडौं, २७ चैत । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका १७ जना न्यायाधीशहरुलाई बुधवार सपथ खुवाएका छन्। न्याय परिषदले केहि समयअघि उच्च अदालतका लागि ती न्यायाधीशहरुलाई सिफारिस गरेको थियो।सिफारिसमा परेकाहरु राजनीतिक भागबण्डाको आधारमा परेको भन्दै चर्को बिरोध भइरहेकै बेला यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आफुले न्यायाधीशमा ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका थिए । प्रधानन्यायाधीशले सिफारिस गरेका न्यायाधीशहरुको संसदीय सुनुवाई हुन नसकेपछि सिफारिस न्यायाधीशहरु स्वतः नियुक्त भएका थिए ।