नेपाली नयाँ वर्षमा अमेरिकाको शुभकामना

२०७६ बैशाख १ गते, आईतवार

काठमाडौं , १ बैशाख । आज नेपालीहरुको नयाँ वर्ष २०७६ , यस अवसरमा संयुक्तराज्य अमेरिकाले शुभकामना दिएको छ । नेपालका लागि अमेरीकी राजदूत र्‍याण्डी डब्लु बेरीले ट्विट गर्दै नयाँ वर्षको शुभकामना दिएका छन्। त्यस्तै अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसलेसमेत नेपालको नयाँ वर्षको उपलक्ष्यमा शुभकाना दिएकी छुन् । उनले ट्विटरमार्फत विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको शुभकामना दिएकी हुन् । उनले ट्विछ गर्दै भनेकी छन्, विश्वभर रहेका नेपालीहरुलाई नयाँ वर्षको शुभकामना छ, हामी दुई देशको मित्रता इतिहास लामो छ र हामी अगाडीका वर्षमा पनि नेपालसँग हाम्रो सहयोग गहिरो आशा गर्दछौं। त्यस्तै राजदूत र्‍याण्डी डब्लु बेरीले नयाँ वर्षमा ७३ वर्षदेखिको नेपाल(अमेरिका सम्बन्धलाई अझ मजबुत बनाउने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]