कहाँ छ सरकार ?

२०७६ बैशाख १ गते, आईतवार

हेर्दा देशमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा दुई तिहाईको मजबुत सरकार देखिन्छ । के आम जनताले दुई तिहाई सरकारको अनुभूति गर्न पाएका छन् त ? आज हरेक नेपालीको मनमस्तिष्कमा उब्जिएको प्रश्न यही हो । सरकार आपूmलाई दुई तिहाई बहुमत प्राप्त भएको दावी गर्छ तर उसको काम कारवाही प्रति कुनै नेपाली सन्तुष्ट छैनन् । दिन प्रतिदिन भ्रष्टाचार, कालोबजारी मौलाइ रहेको छ । जताततै भद्रगोलको अवस्था छ । राज्यको ढुकुटीमाथि ब्रम्हलुट भइरहेको छ । शान्ति सुव्यवस्था नागरिकको मौलिक हक र अधिकार एकादेशको कथा भएको छ । सर्वसाधारणको जनजीवीका चौपट भएको छ । सरकार दुई तिहाईको दम्भमा राष्ट्रघाति र जनघाति कार्य गर्न तल्लिन रहेको देखिन्छ । पछिल्ला एक हप्तामा सार्वजनिक भएका प्रमुख समाचारलाई मात्र विश्लेषण गर्ने हो भने सरकार कै कारण देश असफल राष्ट्र बन्ने खतरामा पुगेको छ । सरकारको दुई तिहाईको दम्भले नै यस्तो स्थिति निम्त्याएको आम सचेत नागरिकको बुझाइ छ । सरकार न प्रतिपक्षीको कुरा सुन्छ, न देश र जनताको आमूल परिवर्तनको लागि संघर्षरत पार्टीको आजाव नै सुन्छ । सरकार हरेक सकारात्मक कुरालाई समेत दुई तिहाईको बलमा दबाउन चाहन्छ । जसका कारण सरकारको छवी धुमिल हुन पुगेको छ । आम जनता सरकारको कार्यशैलीको आलोचना गर्न थालेका छन् । सरकार कै रवैयाको कारण सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दललगायत देशका सबै राजनीतिक दल एकजुट हुन थालेका छन् । यस्तो परिस्थितिले देश पुनः द्वन्द्वमा जाने निश्चित देखिन्छ । तसर्थ सरकारले प्रमुख प्रतिपक्षी लगायत देश र जनताको पक्षमा सतिसाल भएर खडा भएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहमति र सहकार्य गरेर अगाडि बढ्नु विकल्प छैन । अन्यथा सरकारको हठ कै कारण सतासिन नेपाल कम्युनिष्ट पार्टी र उसको सरकार जनताको नजरमा गिर्ने छ । जनताको नजरबाट गिरेको पार्टी, सरकार र नेताको हालत के हुन्छ आपूmलाई लोकतन्त्रको ठेकेदार सम्झने र नेताहरुलाई सम्झाई रहनु नपर्ला चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]