अनेम संघको केन्द्रीय सदस्य कुमाल गिरफ्तार

काठमाडौं, २ बैशाख । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीकी गोरखा जिल्ला सदस्य अञ्जु कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई गोरखा नगरपालिका-८, आयुर्वेदचोक नजिकैबाट पक्राउ गरेको हो । कुमालको साथबाट केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।