प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

२०७६ बैशाख ३ गते, मंगलवार

काठमाडौं , ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को शुभकामनासहित देशवासीको नामा गरेक सम्बोधनको बेला मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरु नैै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटारमा उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, उद्योगमन्त्री मातृका बस्नेत, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन् । काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरु भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए। बालुवाटार स्रोतका अनुसार सबै मन्त्रीहरुलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो।- नागरिक दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]