‘प्रधानमन्त्री केपि वलिको कार्यक्रम स्थगित गर्न माग’

काठमाडौं , ६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले वैशाख ७ गते नवलपुरको कावासोतीमा प्रधानमन्त्री केपि वलि आउने कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नवलपुरका सेक्रेटरी बिश्वासले एक विज्ञाप्ति जारी गर्दै उक्त माग गरेका हुन् । सेक्रेटरी बिश्वासद्वारा जरे विज्ञाप्तिमा भनिएको छ – ‘यहि मिति २०७६ बैशाख ७ गते नवलपुरको कावासोतिमा दलाल केपि गिरोह उपस्थित हुने कार्यक्रम आयोजना गरिएको हुँदा सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल गर्दछौं । हाम्रो पार्टीले लगाएको प्रतिबन्धलाई बेवास्ता गरी दलाल केपि गिरोह सहभागी हुने कुनै कार्यक्रम नगर्नुहुन साथै केपी गिरोह उपस्थित हुने कार्यक्रममा सहभागी नहुनको लागि जिल्लास्थित विभिन्न संघ-सस्था, बिधालय, सरकारी तथा गैरसरकारी कार्यलय र आमजनसमुदायलाई अपिल समेत गर्दछौं ।’
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी नवलपुरका सेक्रेटरी बिश्वासले जारी गरेको बिज्ञप्तिको पुर्णपाठ :
“हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथी सामाजिक दलाल केपी सरकारले लगाएको कथित प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, साथै भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध वैशाख ५ गते आज आव्हान गरेको नेपाल बन्द आजै साझ ५ बजेदेखि पुर्ण रुपमा खुलेको जानकारी गराउदछौ । साथै बन्दको कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सफल बनाउन सहयोग गर्नुहुने सबै आम जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, कथित प्रतिबन्धको प्रतिरोध सहित एकीकृत जनक्रान्तिको माध्यमबाट बैज्ञानिक समाजबाद ल्याउने महान यात्रामा सधैं सहयोगी भुमिका निभाउन समेत आम बुद्दिजिवी, पत्रकार, विद्यार्थी, राजनीतिक दल तथा सबै जनसमुदायमा अपिल गर्दछौं ।
दलाल पुजीवादि सरकारले हाम्रो क्रान्तिको महान यात्राबाट अत्तालिएर हाम्रो पार्टीमाथी प्रतिबन्ध लगाउने, पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई समेत अनावश्यक गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने, मानसिक यातना दिने, राजनितीक व्यबहार नगर्ने, पार्टीलाई खुला कार्यक्रम गर्न नदिने जस्तो अत्यन्तै गैरराजनीतिक व्यबहार गर्दै कथित प्रतिबन्ध लगाएको छ, प्रतिबन्ध हामीलाई कि देश डुबाउने, जनता कङ्गाल बनाउने, जनतामाथि दमन गर्ने र राजनीतिक अधिकार नै खोस्ने भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल केपी सरकारमाथि लगाउने ?’ यो प्रश्न टट्कारो देखिन थालेको छ । त्यसैले हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यसअघिको विज्ञप्तिमा उल्लेख गरिएको पुर्बनिर्धारित कार्यक्रम अनुसार नै हाम्रो पार्टीमाथी लगाईएको कथित प्रतिबन्ध नहटाएसम्म केपि-पिके सरकारमाथी प्रतिबन्ध लगाईएको घोषणा गर्न बाध्य भएका छौं ।
बैशाख ५ गतेको बन्द सम्पन्न भएलगत्तै आयोजना गरिने बन्दले श्रमजीवी जनतामाथी नै असर पुग्ने बिषयलाई मध्यनजर राख्दै बैशाख ७ गते बन्दको कार्यक्रम नभएको जानकारी गराउदछौ ।”
यहि मिति २०७६ बैशाख ७ गते नवलपुरको कावासोतिमा दलाल केपि गिरोह उपस्थित हुने कार्यक्रम आयोजना गरिएको हुँदा सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल गर्दछौं । हाम्रो पार्टीले लगाएको प्रतिबन्धलाई बेवास्ता गरी दलाल केपि गिरोह सहभागी हुने कुनै कार्यक्रम नगर्नुहुन साथै केपी गिरोह उपस्थित हुने कार्यक्रममा सहभागी नहुनको लागि जिल्लास्थित विभिन्न संघ-सस्था, बिधालय, सरकारी तथा गैरसरकारी कार्यलय र आमजनसमुदायलाई अपिल समेत गर्दछौं ।”