फाल्नु पर्ने एन्सेल मात्र होइन- उसको अभिभावक पनि हो – नरबहादुर कार्की
दलाल पुजिवादि ब्यवस्था भित्र बढीमा यसले के दिन्छ र के दिदैन भन्ने बुझन सजिलो हुनेगरी एनसेल काण्ड जनता सामु आएको छ । नेपाल आज बिचौलिया अर्थतन्त्र र त्यसको सम्रक्षक सत्ताको गोटी बनेको छ । युवाले श्रम बेच्नु पर्यो- दलाल चाहिने, किसानको तरकारी बेच्न बिचौलिया चाहिने, जग्गा जमिन र रोडा बालुवा देखी मेलम्ची र जलबिद्युत निकाल्न बिचौलिया दलाल चाहिने ।
सार्वजनिक सेवा देखी उत्पादन निकासी देखी पैठारी सम्म बिचौलिया नभै नहुने, यहाँ सम्म कि राजनीतिक दलहरु भित्र नेत्रित्व र जनता बिच पनि दलाल बिना बिषय र मुद्दा नसुनिने भएको छ । विश्वबिद्यालय र बिद्यार्थीको बिचमा दलाल, दाता र जनता बिच दलाल, मन्दिरमा भगवान र भक्त बिच दलाल, राज्यकोष र बिकास आयोजना बिच दलाल । दलाल न उत्पादक हो न न्यायोचित बितरक- दलाल एउटा कित्रिम भर्र्याङ् हो जो सत्ताले निर्माण गर्छ ।
अहिलेको अर्थ ब्यबस्थको उच्चतम सामर्थ्य भनेको ‘धेरै दलाल उत्पादन’ गर्ने हो । नेपालमा आधारभुत बर्गको उत्पादन, पुजी, राष्ट्रिय स्वामित्वको औधोगिक सामर्थ्य बढने कुनै लगानी र आयोजना छैन । बैदेशिक लगानिको नाममा नयाँ दलाल आमन्त्रण गर्ने र सबै भन्दा सम्भावनाका क्षेत्र उनिहरुलाई सुम्पने बाटोमा छ ।
कुनै दिन एस्तो पनि आउन सक्छ- हाम्रो राष्ट्रिय सुरक्षा पनि बिचौलिया समुह लाई ठेक्का दिनु बेर छैन किनकी ताइ न तुइको इण्डोप्यासिफिक साझेदारी त्यसको सन्केत हो । श्रमिक, किसान, बुद्दिजिवी, सेवा प्रदायक, साना ब्यबसायी आदी कुपोषित हुँदै जाने र बिचौलिया हरु मोटाउदै जाने निर्वाध ब्यबस्थाको मुल अभिभावक राज्य भएको छ ।
आँखा चिम्लिन्छ राज्य, दर्जनौ स्थानमा सिमा मिचिएको छ- मौन छ, श्रमिक लास बनेर बाकसमा आउछन- अझै पठाउने भन्छ, संबिधान बने यता २४० अर्ब भ्रष्टाचार भएको छ, एउटा मान्छे दन्डित भएन, अरु थुप्रै फेहरिस्त आम जनताले बुझी सके ।
यो ब्यबस्थाको आर्थिक दर्शन भनेको ‘बिश्व बैंकका’ मेमो सँग मिल्छ । गर्नै पर्ने नगरि र नगरनुपर्ने चाँही गरेरै छोडने- बिबस सत्ता । राज्यका चार अङ्गको काम यही दलाल पुजी, दलाल पात्र र दलाल प्रब्रितीको दलाली जिबित राख्न दलाल बाटो बाट सम्रक्षण गर्नु हो । दलालले प्रबिधीको अबिष्कार, बिकास र् क्रान्ति गर्दैन, बिज्ञानले ल्याएका सम्भावना मार्फत बिचौलिया बनेर शोषन गर्छ । यसको लागि बिकाउ सरकार हुनु सबै भन्दा अनुकुल बस्तुस्थिती हो ।