‘सिरियल किलर’ पक्राउ

२०७६ बैशाख १३ गते, शुक्रबार

काठमाडौं, १३ बैशाख । साइप्रसमा सात महिलाको हत्यामा संलग्न एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । मृतक महिलामध्ये दुई जनाको शव यसै महिना एक खानीसम्म पुग्ने बाटोमा फेला परेको थियो भने एक जनाको शव बिहीबार फेला परेको हो । शव फेला परेका तीनै महिला फिलिपिन्सका रहेको जनाइएको छ । पक्राउ परेका व्यक्ति सेनामा रहेको जनाइरहेको छ । ३५ वर्षीय ती व्यक्तिले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनले दिएको सूचनाका आधारमा प्रहरीले थप शवको खोजी गरिरहेको छ । मृतकमा दक्षिण एसियाली महिलासमेत रहेको जनाइएको छ । मृतकमध्ये एक महिला नेपाली वा भारतीय नागरिक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
‘सिरियल किलर’ को निशानामा पर्नेहरुमा रोमानियाकी एक महिला र उनकी ८ वर्षीया छोरी पनि छन् । हत्या गरिएकी अर्की एक महिलाको ६ वर्षीया छोरी बेपत्ता रहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]