‘ओली सरकारको काला कर्तुतहरु उदाङ्गिदै छन्’
काठमाडौं, १४ बैशाख । युवा संगठन नेपालले केपी प्रचण्डको कथित बामपंथी सरकार भएको र सरकारका भित्री काला कर्तुतहरु दिनप्रतिदिन उदाङ्गिदै गरेको जनाएको छ । विप्लव नेकपानिकट उक्त संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल दक्षिण एसिया र विश्वको पहिलो भ्रष्टाचारी मुलुकको लिस्टमा पर्न थालेको समेत जनाएको छ । सरकारी सम्पत्तिको दोहन गर्न राज्य संचालकहरु नै लागेको भन्दै विज्ञप्तिमार्फ युवा संगठनले त्यसको विरोध जनाएको छ । विज्ञप्तिमा भनिएको छ- “हालै मात्र बाहिर आएको खुल्ला मञ्चको सर्बजनिक जग्गा प्रकरण बालुवाटारको सरकारी जग्गा बिक्री बितरण प्रकरणमा राज्य सत्तामा रहेका शासकहरुको मिलोमतोमा भएका घटनाहरु हुन् ।”
भ्रष्टाचार हुन दिन्न र आफु पनि गर्दैन भने प्रधानमन्त्री केपी ओलीको देखाउने दात भएको उक्त संगठनले आरोप लगाएको छ हो । बालुवाटार र खुल्ला मञ्च जग्गा प्रकरणका विरुद्धमा जनताले गरेको आन्दोलन प्रती हाम्रो आफ्नो संगठनको पुर्ण एक्केबद्धता रहेको युवा संगठन नेपालले जनाएको छ । 
