नेपालीको प्रतिव्यक्ति आय १ लाख १५ हजार पुग्याे

२०७६ बैशाख १४ गते, शनिबार

काठमाडौं, १४ बैशाख । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर (ने.रू ११५५१८ )पुगेको छ। गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो। यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ६.८१ प्रतिशतले हुने भएको छ । यो गत वर्षभन्दा ०.५१ प्रतिशत विन्दुले बढी हो । यससँगै नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ ।
नेपालले गत आर्थिक वर्ष ०७४/७५ मा ६ दशमलव ३ प्रतिशत र त्यसअघि ०७३/७४ मा ७ दशमलव ७४ प्रतिशत वृद्धिदर कायम गरेको थियो । आउँदो असार मसान्तसम्ममा नेपालीको औसत आय रु. एक लाख १७ हजार ४५५ पुग्ने बताएको छ ।
योसँगै सरकारले तेस्रो पटक उच्चदरको आर्थिक वृद्वि हासिल गर्ने देखिएको छ। गत वर्ष ६.३० प्रतिशतले आर्थिक वृद्धि भएको थियो । यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको थियो। लक्ष्य भन्दा १.१९ प्रतिशत विन्दु कमले आर्थिक वृद्धि हुने विभागले अनुमान गरेकाे छ । नेपालको कुलग्राहस्थ उत्पादन ३४ खर्ब रुपैयाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ। कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु