दलाल फासिवाद र क्रान्तिकारी एकताको महत्व -संसारसेन पृथक

२०७६ बैशाख १५ गते, आईतवार

वास्तविक वर्तमन विश्व दृष्टिकोण यतिबेला औद्योगिक पुँजीवादलाई भुमण्डलिकृत पुँजीवादले निशेध गरेको यो युगमा पुँजीवादको ब्याख्या केन्द्रीकृत उत्पादन र बिकेन्द्रीकृत वितरणको चेतनाले बुझ्ने र ब्याख्या गरेपछि संसारका क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरु सफल हुन सक्ने सम्भावना कदापि देखिदैन । जतिबेला माक्र्सवाद उदयसँगै कार्ल माक्र्सले संसारमा उत्पीडित वर्गको बिजय सुनिश्चित छ त्यो सबभन्दा पहिला संसारका मजदुरहरुको एकता र संघठित बिद्रोहबाट सम्भावना छ माक्र्सको युगमा लन्डनबाट सम्भावना छ भनेर ब्याख्या गरेपछि तत्कालीन साम्राज्यवादले लण्डनका बहुराष्ट्रिय कम्पनीलाई बिसर्जन गरेर औद्योगिक मजदुरलाई मेसिनरी युगमा बदलेर मजदुर हरुको एकीकृत र संगठित हुने माध्यम तहसनहस बनाउनेतर्फ लाग्यो र बिश्व साम्राज्यवादले लन्डनबाट माक्र्सवाद सफलतामा पुग्न असम्भव तुल्यायपछि साम्राज्यवादको चरम संकटको र पुँजीवादको बढ्दो बिकासलाई उत्पीडित वर्ग समुदायको काबुमा राख्न माक्र्सवादलाई थप बिकास सहितरुसमा लेनिनले समाजवादी अक्टोबर क्रान्तिको सम्पन्न गरे त्यसपछि विश्व साम्राज्यवादले आफ्नो युट्रन बदलेपछि पुन चाइनामा माओत्सेतुङले नौलो जनवादी क्रान्ति सम्पन्न गरे त्यसपछि केही समय साम्राज्यवाद अकर्मण्यतामा फसेको हो त्यसपछि २० औं तथा २१ औं सताब्दिमा आइपुग्दा साम्राज्यवादले औद्योगिक पँुजीवादलाई भुमन्डलिकृत पुँजीवादमा बदलेपछि अहिले बिश्व कम्युनिस्ट आन्दोलनमा एउटा अकर्मण्यता देखापरेको छ ।
कम्युनिस्ट आन्दोलनमा देखापरेको समस्या ।
वर्तमन विकसित आर्थिक तथा सामाजिक सस्कृतिक राजनीति घटनाक्रमा पुँजीवादले नयाँ तरिकाले बिकास गरेपछि कम्युनिस्ट आन्दोलनमा देखापरेको समस्या त्यस्लाइ बुझ्न नसक्नु हो केन्द्रित उत्पादन प्रणालीलाई बिकेन्दृत उत्पादन र बिकेन्द्रीत बितरण प्रणालीलाई केन्द्रिकृत बितरण प्रणाली छ यो अवस्थालाई राम्रोसँग बुझ्न नसक्नुनै वर्तमन कम्युनिस्ट आन्दोलनमा देखापरेको प्रमुख समस्या हो हजारौं मजदुरले एकदिनमा गर्नसक्ने कामलाई बिद्युतीय माध्यमबाट केही घन्टामै फत्ते गर्न सक्ने बिज्ञानको भुमण्डलिकृत पुँजीवादी युगलाई बिश्व कम्युनिस्ट आन्दोलनमा महान बहसको जरुरत परेको छ । मानवीय श्रमशक्तिलाई प्राविधिक तथा बैज्ञानिक तवरले उछिनेर उत्पीडित समुदायको केन्द्रिकृत श्रमलाई बिकेन्द्रिकृत तरिकाले बिन्यास भएको कुरासँग वर्तमन कम्युनिस्ट बहस छलफल हुन जरुरी छ क्रान्तिका किसिम बिकेन्द्रित साम्राज्यवादका उत्पादन प्रणाली र केन्द्रिकृत बहुर्राष्ट्रिय कम्पनीनामको बितरण प्रणालीअनुसार बिश्व कम्युनिस्ट आन्दोलनको बहस हुन जरुरी छ ।
नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख समस्या
नेपाल कम्युनिस्ट पार्टीको स्थापना कालदेखि हालसम्म आइपुग्दा प्रमुख समस्या आन्तरिक नै देखिन्छ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्दा सर्बहारा वर्गको मुक्तिको लागि मात्र भनेर कम्युनिस्ट पार्टीको स्थापना गरिएको पाइन्छ तर नेपालमा पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्दा साम्राज्यवाद तथा सामन्तवादबाट पुर्ण स्वतन्त्रताको लागि भनेर कम्युनिस्ट पार्टीको स्थापना गरेको पाइन्छ त्यसपछिको इतिहासमा सामन्त तथा दलाल नोकरशाही व्यवस्था र प्रतिक्रियावादी राज्यसत्तालाई बुझ्ने सवालमा नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका गम्भीर त्रुटिपूर्ण कसका कारण विजयको संघारमा पुगेको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नु परेको तितो यथार्थ हो बद्लियको सामाजिक अवस्था उत्पादन प्रणाली उत्पादनका साधन र उत्पादन सम्बन्धको बैज्ञानिक तथा सृजनात्मक अध्यन गर्नु अति जरुरी छ । कम्युनिस्ट पार्टीको स्थापना कालदेखि २०२८ सालसम्म आइपुग्दा क्रान्तिकारी उग्रवामपन्थी दक्षिणपन्थी र अबसरवादी धारको बिकास भयो जसको मुल समस्या जसको ऐतिहासिक तथ्य बारबार भनिरहनु पर्दैन २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित वर्गसंघर्ष २०५९ सालसम्म वास्तविक उत्पीडित वर्ग समुदायको साथमा रह्यो त्यसपछि तत्कालीन नेतृत्वमा देखिएको कम्युनिस्ट क्रान्तिकारिता बैचारिक दृष्टिकोणबाट बिचलित हुनु र जसको अगुवाइमा माओवादी जनयुद्धको देबसान गराउनुले वर्तमन नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तितो सत्य बनेको हो वर्तमन अवस्थामा नेपाली जनताको आखामा छारो छर्न पश्चिमा साम्राज्यवादको पहलमा तत्कालीन एमाले र एमाओवादीलाई चुनाव र एकताको अबैध सम्बन्ध गरायर नेपाली कम्युनिस्ट आन्दोलनबाट उत्पादन भएका नेताकार्यकर्तालाई एनजीओ करन गरिएको छ यसलाई कुनै कम्युनिस्ट बैचारिक दृष्टिकोण बिचार भएको दल वा राजनीति पार्टीको मान्यता राख्नु नेपाली जनता र कम्युनिस्ट आन्दोलन प्रति दोस्रो अप्राद हुनेछ ।
अर्कोतिर कम्युनिस्ट राजनीतिमा देखापरेको माक्र्सवादका तीन मुलभुत अंगलाई बुझ्ने सवालमा सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीहरुमा आ–आफ्नो गम्भीर त्रुटिहरु देखिन्छन् मालेमावादी आदर्श नीति सिद्धान्तनिष्ठ पार्टीहरुले बिकसित बिश्व साम्राज्यवाद र त्यसले उत्पादन गरेको पूँजीवादलाई गहिरिएर एकरुपतामा बुझ्न् सकेमा कम्युनिस्ट आन्दोलन पुन नेपालमा प्रतिरक्षाबाट आक्रमक र विजयको संघारमा पुग्नसक्ने सुनौलो अबस्था देखिन्छ । मालेमाको नीति सिद्धान्त अनुसार नेपाली भाब भुमिमा सृजित बिचारको बिकास र नेपाली कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउने युरोपेली तथा अमेरिकी साम्राज्यवादका दलाल अगुवालाइ राम्रोसँग नेपाली जनतामा चीनाउने र वैदेशिक साम्राज्यवादलाई नेपालमा राजनीति चलखेल बन्दगराउन सकेपछि नेपाली कम्युनिस्ट पार्टीहरुको ऐतिहासिक एकता र एकरूपता आउन सक्ने छ अबको झन्डै पाँच दस बर्षको समयावधि भित्र नेपाली राजनीति पुन कम्युनिस्टहरु हुने देखिन्छ ।
गम्भीर तथा दुखलाग्दो कुरात के छ भने माओवादी हौ जनवादी गणतन्त्रको बाटोबाट्मात्रै बैज्ञानिक समाजवादको सम्भब छ भन्नेहरुलाई नै क्रान्तिकारी एकतामा आउन नदिन पश्चिमा साम्राज्यवाद सकृय छ अबका मालेमावादी चिन्तन सोच भएका क्रान्तिकारीहरुले यो कुरा बुझ्न जरुरी छ कम्युनिस्ट नामबाट समाजमा दलाल राज्यव्यवस्था जतिबेला लाल फासिवाद उन्मुख हुन्छन त्यतिबेला क्रान्तिकारीहरुले नयाँ उत्तर जनतामा दिनजरुरी हुन्छ त्यसको एउटामात्र उपाय विकसित समाजमा घटेका हरेक घटनालाई बुझ्ने र हल गर्ने बिधिमा एकरूपता सँगै एकताको जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]