आइसीसी विश्वकप ट्रफी नेपाल ल्याइँदै
काठमाडौं, १७ वैशाख । नेपालय इन्टरनेश्नलले आइसीसी क्रकेट विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइने भएको छ । जेठमा हुने प्रधानमन्त्री कप क्रिकेटका बेला ट्रफिलाई नेपाल ल्याउन लागेको हो । विश्वकप ट्रफि टुरका बेला नेपाल ल्याइएको सो ट्रफिलाई यसपटक विशेष रुपमा ल्याउन लागेको बताइएको छ । मे चार तारिखका दिन सो ट्रफि नेपाल ल्याइने र केहि घण्टाका लागि राखेर फेरी फर्काइनेछ ।
यसअघि विश्वकप ट्रफि नेपाल ल्याउदा काठमाडौं, पोखरामा प्रर्दशनीमा राखिएको थियो । यसका साथै सो बेला राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ट्रफि उचालेकी थिइन । काठमाडौंमा स्वयम्भु, बसन्तपुर, चन्द्रागिरी लगायतका स्थानमा राखिएको ट्रफि पोखरामा सो बेला पोखरा प्रिमियर लिग भएको पोखरा क्रिकेट मैदान र बाराही मन्दिरमा राखिएको थियो ।