सम्राट आकिहितो गद्दी त्याग्दै

२०७६ बैशाख १७ गते, मंगलवार

काठमाडौं, १७ वैशाख । जापानका सम्राट पचासी वर्षीय आकिहितोले आज मङ्गलवार गद्दीत्याग गर्दैछन्। सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने आकिहितो नै पहिलो सम्राट हुन् । आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेका कारण कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भइरहेको भन्दै उनले २०१७ मै राजगद्दी त्याग्न चाहेको बताइसकेका थिए । त्यसपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन पारित गरेको थियो।
राष्ट्रिय प्रतिकका रुपमा मानिने जापानका सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन । सम्राट आकिहितोले गद्दीत्याग गरेपछि २८ वर्षको उमेरमै युवराज घोषित अक्सफोर्ड विश्वविद्यालयमा पढेका उनका छोरा नारुहितो जापानका १२६ औँ सम्राट हुनेछन्। उनकी छोरी राजकुमारी आइको रहेकी छन् । जापानमा वर्तमान कानुन अनुसार महिलालाई गद्दी आरोहण अनुमति नहुँदा अब नारुहितोका भाइ राजकुमार फुमिहितो उत्तराधिकारी हुनेछन्। त्यसपछि फुमिहितोका छोरा १२ वर्षीइ हिसाहितो उत्तराधिकारी हुनेछन्।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु