सर्लाहीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

२०७६ बैशाख १९ गते, बिहीबार

काठमाडौ, १९ बैशाख । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ३२४० नम्बरको बस धादिङको धुनिवेशी नगरपालिका–८ खहरेखोला पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये सर्लाहीको इश्वरपुर नगरपालिका–४ का १९ वर्षीय सुजन माझी र सिन्धुलीको मरिण गाउँपालिका–४ का २६ वर्षीय राजमान बमजनको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बसमा सवार ४० जनामध्ये १३ जना घाइते भएका थिए । अन्य यात्री भने सकुशल छन् ।

प्रतिक्रियाहरु

[anycomment]