काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व परिवर्तन

२०७६ बैशाख २३ गते, सोमबार

काठमाडौं,२३ बैशाख । नेपाल प्रहरीले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको नेतृत्व परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसरमा एसएसपी उत्तमराज सुवेदीलाई ल्याएको छ भने अपराध महाशाखामा सहकुल थापालाई सरुवा गरेको जनाएको छ । एसएसपी सुवेदीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । यस्तै काठमाडौं प्रमुख बसन्त लामालाई लागु औषध नियन्त्रण व्यूरोमा सरुवा गरिएको छ । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।

प्रतिक्रियाहरु

[anycomment]