डीभीको नतिजा सार्वजनीक

२०७६ बैशाख २५ गते, बुधबार

काठमाडौं , २५ बैशाख । अमेरिकाले ‘लक्की ड्र’ मार्फत लाने गरेको अमेरिकी डाइभर्सिटी भिसा ‘डीभी’को नतिजा सार्वजनीक भएको छ । अमेरिकी दुतावासले २०२० को लागि ‘डीभी’ भरेकाहरुको नतिजा सार्वजनीक गरेको हो । नेपाली समयअनुसार गएराति १० बजे नतिजा सार्वजनीक गरिएको हो । यो पटक ‘डीभी’ विजेता भनेर कुनै इमेल नआउने र भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नलिईने दुतावासले जनाएको छ । गएको असोज १७ गतेबाट कात्तिक २० सम्म सन् २०२० का लागि ‘डीभी’ मार्फत अमेरिका जान चाहने नेपालीका लागि आवेदन भर्न मिति तोकेको थियो । हाल ‘डीभी’ मार्फत गएका हजारौं नेपाली अमेरिकामा कार्यरत छन् ।

प्रतिक्रियाहरु

[anycomment]