अमेरिकाद्वारा उत्तर कोरियाली जहाज नियन्त्रण
काठमाडौं, २७ बैशाख । अमेरिकाले एउटा उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन गरेको आरोपसहित अमेरिकाले उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी न्यायिक विभागका अनुसार उक्त जहाजमा कोइला ओसारिँदै थियो । संयुक्त राष्ट्रसंघले निर्यातमा रोक लगाएको भन्दै अमेरिकी अधिकारीले उक्त जहाजलाई समुद्रबाट नियन्त्रणमा लिएका हुन् । अमेरिकाको यो कदमसँगै दुई देशबीचको सम्बन्धमा थप तनाब बढ्ने विश्लेषकहरु बताउँछन् । पछिल्लो समय उत्तर कोरियाले परमाणु अस्त्र सम्बन्धी परीक्षणलाई जोड दिइरहेको छ । – एजेन्सी