गैरेलाई तत्काल रिहा नगरे, परिणाम गम्भीर हुने चेतावनी
काठमाडौं, २८ बैशाख । अखिल क्रान्तिकारी क्षेत्रीय समन्वय समितिका लुम्बिनी संयोजक विरेन्द्र विकले एक प्रेस विज्ञप्ती जारी गर्दै गैरेलाई आफ्नो संगठनका पाल्पा अध्यक्ष मुक्ति गैरेलाई राज्यले गरेको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
विकद्वारा जारि विज्ञप्तीमा भनिएको छ, “संगठनको कामको सिलसिलामा आफ्नो कार्यक्षेत्रमा खटिरहेको अवस्थामा सामाजिक दलाल सरकारको निर्देशनमा गृह प्रशासनले हाम्रो संगठनका पाल्पा जिल्ला अध्यक्ष क. मुक्ति गैरेलाई २०७६ बैशाख २६ गते साँझ तानसेनबाट विनाकारण गिरफ्तार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामी झुठो आरोपमा गैरकानुनी ढंगले गरिएको उक्त गिरफ्तारको घोर भत्सर्ना गर्दछौ ।” साथै विज्ञप्तीमा गिरफ्तार गरिएका कमरेड मुक्ति गैरेलाई विनासर्त यथासिघ्र रिहाई गर्न जोडदार माग गरेको छ ।