भारतीय विदेश सचिव नेपाल आउँदै

२०७० भाद्र २८ गते, शुक्रबार

काठमाडौं, २८ भदौ । नेपालको दुईदिने सद्भावना भ्रमणका लागि भारतीय विदेश सचिव सुजाता सिंह शनिबार काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार सचिव सिंहले राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र गृह एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग पनि भेट्ने कार्यक्रम छ ।नेपालका पूर्व प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई भेट्न पाएका थिएनन । तर, भारतीय पराष्ट्र मन्त्रालयकी सचिव सिंहले नेपालका परराष्ट्रमन्त्रीका अतिरिक्त मन्त्री परिषद अध्यक्ष र राष्ट्रपतिलाईसमेत भेटेर दुइपक्षीय हितका विषयमा निर्वाध छलफल गर्ने बताइएको छ । उनले आइतबार दिल्ली र्फकनु अघि राजनीतिक दलका नेताहरुसँग पनि भेटघाट गर्ने स्रोतले बतायो ।
भारतीय विदेश सचिव सिंह त्यस्तो बेलामा नेपाल आउदै छन् , जतिखेर यहाँ नेपाल भारतवीच जलस्रोत र डुवान समस्याबारे सहसचिवस्तरीय प्राविधिक समितिको बैठक आयोजना गरिएको छ । विहीबारदेखि राजधानीमा शुरु दुई देशीय बैठकमा नेपालका १३ र भारतका १२ सरकारी अधिकारी सहभागी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु