आज आंशिकदेखि सामान्य बदली हुने

२०७६ जेष्ठ ५ गते, आईतवार

काठमाडौं, ५ जेठ । मौसम पूर्वामान महाशाखाले आज देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने जनाएको छ । । महाशाखाका अनुसार देशका थोरै स्थानमा अपरान्हपश्चात मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ । त्यसैगरी रातिको समयमा देशका पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु–भागका एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]