ने.क.पा.का नेता अदालतमा
काठमाडौं, ९ जेठ । प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ (प्रज्वलन)माथि आज ललितपुर जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । चैत्र ८ गते शुक्रबार राति काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार परेका प्रज्वलनलाई थुनछेकको लागि अदालतमा उपस्थित गराईने जनाईएको छ । हिजो बुधवार उहाँलाई बयान लिईएको थियो । श्रेष्ठ ने.क.पा.का स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित गिरफ्तार परेका हुन् ।
नेता सुदर्शनलाई भने यसअघि नै पुर्पक्षका लासिग कारागार चलान गरिएको छ ।
यसैगरी ,पूर्पक्षका लागि नख्खु कारागारको थुनामा रहेका नेता सुदर्शनलाई पनि बयानका लागि अदालतमा उपस्थित गराउने बुझिएको छ । सुदर्शन गिरफ्तार परेकामध्ये अहिलेसम्मकै सबैभन्दा उच्च तहका नेता हुन् । उनी पार्टीको चार वटा भूगोल क्षेत्रीय कमाण्डमध्ये मध्यकेन्द्रीय कमाण्डका ईन्चार्ज समेत थिए ।
यसैगरी , ने.क.पा.का पोलिटब्यूरो सदस्य भरतबहादुर बम ‘रणवीर’को रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको आज सुनुवाई हुँदैछ । बैशाख २५ गते बाँकेको नेपालगन्ज कोहलपुरबाट गिरफ्तार परेका नेता रणबीरलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहा गर्न माग सहित सर्वोच्चमा दायर रिट निवदेनमाथि आज सुनुवाई हुन लागेको हो । यसअघि हिजो बुधवार नै सुनुवाई हुने भनिएपनि रिटका विपक्षी बाँके जिल्ला अदालत लगायतले मिसिल उप्लब्ध गराउन ढिलाई गरेका कारण आजको लागि सरेको थियो ।
नेता रणवीरलाई भने बुधवार नै सर्वोच्च अदालतमा उपस्थित गराईएको थियो । उहाँलाक्ष्ए महानगरीय प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ । नेता बममाथि बाँके प्रहरीले विष्फोट, संगठित अपराध र राज्यविरुद्धको कसुर गरेको अभियोग लगाइएको छ ।