डाइस्पोरिक चिन्तनमा ‘धेरै पछि’का गीतकार ‘गगन’ – नन्दलाल आचार्य

धेरै पछि गाउँतिरै सानु बिर्सर गाउँघरले
आफ्नै गाउँमा भएँ म नौलो चिनेनन् कसैले ।
लेख्नु स्वयम् हिमाल चढ्नुझैं एक जटिल कार्य हो । अझ त्यसमा पनि गीति विधामा कलम चलाउनु समर लड्नुभन्दा गाह्रो काम हो । मनभित्र गुम्सेका गन्थनलाई लेख्य रूप दिन केही सजिलो होला तर ती कुराहरूलाई लेख्य रूप दिनु चानचुने कुरा पक्कै होइन । यसका लागि आँखाले देखेका कुरा हुबहु कागजमा उतार्न सक्ने सरल मन चाहिन्छ, तरल मन चाहिन्छ । वैयक्तिक संवेदनाहरूबाट अग्लिनर्ुपर्छ । आफू स्वयम् अनुभूतिहरूमा पग्लिनर्ुपर्छ । अनि मात्र प्रसव पीडा भोग्दै सन्तान जन्मिएझैं जन्मन्छ नवीन सिर्जना र प्रारम्भ हुन्छ नूतन अध्याय । त्यस्तै लामो समयदेखि विदेशी भूमिमा रहेर लेखन यात्रामा अविरल हिँडिरहेका र्सजक हुन्- केदार श्रेष्ठ ‘गगन’ । उनको अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज, यू.र्एर्.इ. च्याप्टरद्वारा प्रकाशित ‘सपनाको संसारबाट’ -२०६४, कविता तथा गीत संग्रह) दास्ो र ‘क्षितिज पर’ -२०६५, गीतगजल सङ्ग्रह) तेस्रो कृति हो । गीत/गजल र कविता विधाका कृति लिएर पाठक माझ देखापरेको ठ्याक्कै चार वर्षछि उनी ‘धेरै पछि’ नामक गीत लिएर स्रोता माझ देखापरेका छन् । त्यसमा प्रमोद खरेलको कर्ण्र्ाा्रय स्वर छ, भने टीका भण्डारीको सशक्त पाराको सङ्गीत छ । गाँस, वास, कपासको व्यवस्थाका लागि विदेसिन वाध्यता भएको पिरलो बोकिरहेका ‘गगन’ले आफ्नो माटोको सुवासले तानिए र लेख्न हिम्मत गरे- ‘धेरै पछि’ । उनले जन्मभूमिर्/कर्मभूमि जलेको देखेे, आफन्तहरूले नै छलेको देखे र अरूहरूले चिन्दै नचिनेको भेटे । त्यसैले कम्म्ार कसेर लागे र भन्न पुगे-
गाउँबाट बाहिरिएको धेरै काल वितेको थियो । आफन्तहरूको काख र साथको अभाव खट्केको थियो । पराइको मुलुकमा पसिना बगाउन पुगिएको थियो । मनभरि-भरि गाउँघरकै माया-ममता भरिएको थियो । तन पराइ भूमिमा भए पनि मन चाहिँ गाउँघरमै थियो । धेरै पछि गाउँ र्फकंदा अचम्भै भयो । जीवनसङ्गिनी सानुले चाहिँ बिर्सर्ेे रहिनछिन् । तर, मलाई चटक्कै विर्सर्ेेजन्मे-हर्ुर्केको मेरो प्यारो गाउँघरले । बडो मुस्किलले मन बुझाएँ आफ्नै मनले । गाउँलेहरू पहिले-पहिले ‘कहिले आयौ -‘ भनी सोध्थे । तर, अहिले भने म परिवर्तन भएँ कि मेरो गाउँघर नै परिवर्तन भयो, भन्नै सक्दिनँ । किनकि आफ्नै गाउँमा मलाई चिनेनन् कसैले ।
पराइभूमिबाट गाउँघर र्फकंने बेलामा मन उत्साहित थियो । पाउने कल्पना साँचेर बाँच्न सकिने रहेछ । नपाउने पक्का भए पछि भने बाँच्नै गारो हुने रहेछ । मनमा रहेको रहर बगरमा परिणत भयो । सपना विपना हुनबाट वञ्चित भयो । धुम्मिएको मनलाई चङ्गाा बनाउन घर बाहिर निस्कनु पर्यो भनेर निस्केँ । आफूले लडिबुडी खेल्दै हर्ुर्केको, गाई-भैंसी चराउँदै बाल्यकाल विताएको भूमि र्स्पर्श गरूँ भनी तल्तिर झरेँ । अझ त्यहाँ पनि मन राख्ने ठाउँ पाइनँ । धुरुधुरु रोएर मन हल्का पार्ने विकल्प खोजेँ । यसबाट पनि मन बुझाउन सकिनँ । किनभने चौतर्फी घना जनसङ्ख्याले च्यापेर र्सवनाश भएछ । गुराँस फुल्ने हरियो जङ्गल थियो, त्यो पनि उजाड, उजाड भएछ । के भनूँ र- गाई-गोठ राख्ने ठूलो शिखर-दमार थियो, त्यो पनि पैह्रोले लगेछ । अब आँखाबाट बलिन्द्रधारा आँसु खसालिरहनुको विकल्प नै रहेन । खस्दा खस्दै आँसुको मुहान नै सुकेछ, आँसु नै आएन ।
साँच्चै, सुखी दिनको सपना साँचेर गाउँघर छोडेको थिएँ । धन कमाई घर-देश सपार्ने चाहना बाँडेको थिएँ । पराइको देसमा सोचेकोजस्तो नहुँदो रै’छ । मरेर काम गर्दा पनि आफैंलाई हातमुख जोर्न धौंधौं पर्दो रै’छ । जसोतसो दर्ुइचार पैसा कमाएर देस र्फकंदा, मन राख्ने ठाउँ नै भत्केको देखेँ । पहिले-पहिले राख्ने गरेको भाडो चुहिने भएको पाएँ । पहिले मलाई असाध्यै माया गर्ने मान्छेहरूले नै अहिले मलाई नौलो मान्दा तीन छक्क परँे । र, तिनीहरूले नै धेरै अघि पठाएको पत्र पढेर चित्त बुझाउन बाध्य भएँ-
प्रिय गगन,
अटुट सम्झना !
यता हामी स-परिवार कुसलमङ्गल छौँ । त्यता तिमी पनि कुसल छौँ र कुसलताका साथ दैनिक जीवनचर्या चलाइरहेका छौ भन्ने कुरामा विश्वस्त हुँदै पत्र लेख्न बसेको छु । निश्चय नै यस पत्रले लामो आयाम लिन सक्छ, धर्ैयतापर्ूवक पढेर प्रतिउत्तर लेख्ने छौ भन्ने आशामा छु । साथै, यसै पत्रमा अनेकन कुराहरू गाँसिएर आउन सक्छन् । अरू नै प्रसङ्गहरू समेत घुस्न सक्छन् । त्यसलाई पढेर पनि तिमीमा एक किसिमको चेतना आउनेछ र गन्दे विगतलाई फ्यालेर नयाँ ऊर्जा प्राप्त हुनेछ भन्ने आश छ । अचेल त्रि्रा बारेमा अझ चिन्ता थपिएको छ । शङ्का छ, यत्रतत्र, र्सवत्र- कतै चिन्तामा परेको छ कि ! रोइरहेको छ कि ! भोकै परेको छ कि ! शोकमा डुबेको छ कि ! कर्तव्य पथबाट चुक्दै छ कि ! घरपरिवार समझेर आफ्नो जीवनलाई धिकार्दै छ कि ! रहरलाई तिलाञ्जली दिएर वाध्यताको शिकार हुनु पर्दा असहजताको महसुस गर्दै छ कि ! जीवनको अध्याय यसै गरी पल्टाइरहनु पर्ला कि भन्ठान्दै छ कि !
हेर गगन ! कुरा थरिथरिका आउँछन् । शङ्का-आशङ्काले डेरा जमाउँछन् । प्रतिकूल परिस्थिति भएका बेला चिन्ता हुनु, चिन्ता लिनु स्वभाविक हुन्छ । चिन्ताले चिताको बाटो देखाउँछ भन्ने त थाहै छ सबैलाई । परिवारको भरथेग छोरोे हुनुमा कत्रो अङ्कुस लाग्दो रहेछ भन्ने कुरा आज मलाई वोध भइरहेछ । सन्तानको सुखमा नै बाबुआमा मख्ख पर्दा रहेछन् । सन्तानको इच्छा पर्ूर्तिमा हर्दम चिन्तनशील बन्दा रहेछन् । एक पुत्रीको पिताको नाताले म समेत यदाकदा यी र यस्तै अनुभूतिहरू गर्ने गर्छर्ुु जीवन बुझ्ने सम्बन्धमा म त शैशवास्थामा नै रहेछु । अझ उमेरले त तिमी काँचा छौ तर संसार खाएको पर्रि्रेक्ष्यलाई हर्ेदा पाका छौ । हामीले के नै बुझेका छौँ र यस रहस्यमय संसार र जीवनका वारेमा ! बुझ्दै जाऔँ, सम्झदै जाऔँ । जब बुझ्दै गइन्छ, सम्झदै गइन्छ, अपार आनन्द पाइन्छ । संसारमै सुखको र्स्वर्ग देखिन्छ । त्यसैले त संसारबाट अन्त कतै नजाऔँ भन्ने लोभ जागेको हो नि । आज पनि हामी सबैभन्दा बढी मर्नु पर्ला कि भनेर डराउँछौँ । त्यस पछि भने दुःख पाउँला कि भनेर अत्तालिन्छौँ ।
गगन ! हामी अर्ती लिनभन्दा कयौँ गुणा दिन सिपालु छौँ । यहाँ पनि म एक उपदेशक बन्न लागेँ कि भन्ने डर मान्दै छु । ठूलाले सानालाई लेख्न बस्दा यस्ता गुण नआईकन कहाँ छाड्दा रहेछन् र ! पारिवारिक जमघट वारे यथार्थ वस्तुस्थिति प्रेषण गर्ने ध्येयका साथ लेख्न त बसेँ तर परीधिका कुरा आएर अरू विश्रृङ्खलित अवस्था पार्न पुगेकोमा म स्वयम् चकित भएको छु । यस खाले सिलसिलालाई तिमी स्वयम् छानविन गरी बुझ्ने छौ भन्ठान्छु । गगन ! तिमी धन कमाउन साउदी अरब भासिएको वर्षसातेक भयो क्यार । यस बीचमा त्रि्रो सम्झनामा प्रत्येक दशैँ, प्रत्येक तिहार र त्यस्तै चार्डपर्व-समारोहमा परिवारजनका आँखाबाट कति आँसु बगे होलान् ! के तिमी हिसाव लगाउन सक्छौ – अवश्य हिसाव गर्न वा लगाउन नसकिएला । अझ थप आँसु बगिरहेछ, अझ थप पीडा भइरहेछ, थप बोझ थपिइरहेछ । र, पो म पत्र लेख्न बसेको छु । त्रि्रो दिमाखमा लागेको चोटको वर्ण्र्ाागर्ने सामर्थ्य त मेरो छैन तर त्रि्री मुमाको मनको वह भने राम्ररी देखेको छु, राम्ररी सम्झेको छु । हो, त्यही आज खोलेर लेख्ने ध्याउन्नमा छु । हेरौँ, कहाँसम्म सफल हुन्छु ।
पत्रमा महाभारत नै उल्टेर आएछ भनेर चाहिँ तर्सने काम बन्दै नगर । किनभने जीवन नै पर्वत हो । पर्वत हुन सके मात्र तुसारो पनि सहन सकिन्छ, मुसाले कोतर्दा पनि सहन सकिन्छ र प्रचण्ड र्सर्ूय-तापले सताउँदा समेत ठाडो शिर लगाएर उभिन सकिन्छ । आफूलाई बुझ्न अरूलाई पनि बुझ्न जरुरी छ । जसले अरूलाई बुझ्न सक्छ, त्यसैले आफूलाई सजिलै बुझ्न सक्छ । जीवनमा गल्ती गर्नेहरू धेरै छन् । सर्ुर्धेका भने थोरै छन् । बाँचेका मान्छे धेरै छन् तर आफूलाई चिनेर बाँचेकाहरू चाहिँ थोरै छन् । कसैको धोकामा आफूलाई गलाउने र जलाउनेहरू धेरै छन् । तर, जीवनलाई सङ्र्घष्ाको पर्यायका रूपमा हेरेर नवजीवन धारण गर्नेहरू चाहिँ एकदमै कम छन् । शोकलाई शक्तिमा बदलेर, जोसलाई होसमा रूपान्तरण गरेर जसले जीवनरथ हाँक्न सक्यो उही सफल भएको मानव इतिहास हामी सामु छ । रमाइलो र सुखी संसारलाई निरस र दुःखी बनाउने हक प्रकृतिले हामीलाई दिएको छैन । यिनै कुरालाई हृदयंगम गर्दै ती थोरै मध्ये एक तिमी हुनेछौँ भन्ने कुरामा हामी विश्वस्त छौँ । हाम्रो विश्वासमा तुषरापात नहोस् । अब, अरू आँसुको दह बारिन नदेऊ । तिमी आँटिलो भयौ, तिमी सहासिला भयौ र विगतबाट शिक्षा लिँदै वर्तमान पढ्न थाल्यौ भने यत्रतत्र खुशी नाच्छ । आँसु खस्ने ठाउँबाट खुशी वर्ष सक्छ ।
अहिले मैले नसमेटिकन नहुने कुरा र्सार्वजनिक सरोकारको विषयवस्तु नहोला तर नितान्त वैयक्तिक पनि छैन । यसखाले पीरमार्का त्रि्रा, हाम्रा मात्र नभएर यस जगत्कै हुन् । जगत् त भन्छ- चर्केको मुटु तन्दुरस्त हुन्न, स्वस्थ बनाउने ओखती छैन । बुझ, सधैँ यही सिद्धान्त लागू हुन्छ भन्ने छैन । हुनर्ुपर्छ भनेर अडान लिइरहने हो भने हामी अग्रगामी पथका अनुयायी हैन, अधोगतिका हिमायिती हुनेछौँ । कतिपय कुरा खुलाउन साह्रै गाह्रो पर्दो रहेछ । सायद जीवनको तीतो पाटो उदाङ्गो पार्न सकस पर्छ क्यारे । हेर, म त दर्ुइचार अक्षर पढेको मान्छे हुँ तर परेको मान्छे होइन । त्यसैले सिद्धान्त जानूँला, व्यवहारमा उत्तानो टाङ्ग लगाउँला । तापनि भनिरहेछु, कर्तव्य वोध गराइरहेछु- त्रि्रो एक मुस्कानमा सात दिनसम्म आनन्दानुभूति गर्नेहरू त्रि्रै परिवारजनमा छन्, त्रि्रो एक सहासिलो निर्ण्र्ााा जुनी सफल भएको ठान्ने पनि यतैउतै छन् । तिमी दुःखमा छौ कि, सन्तापमा पिल्सिरहेका छौँ कि भनेर आधा रातमा बिउँझेर चिन्ता मान्ने पनि छन् । अझ तिमीसँग केही दिन बोलचाल नै बन्द भयो भने हरपल त्रि्रै कुरा गर्ने गरेको पनि सुनेको छु । त्रि्रै फोटो अगाडि उभिएर ‘हर्ेर् इश्वर ! मेरो छोराको रक्षा गर !’ भनेर अमुकर् इश्वरलाई पुकारा गरेको पनि देखेको छु । जीवनलाई एक्लो र विरसिलो ठान्नेहरू पलायन हुँदै गएका छन् । जीवनलाई अहङ्कारको चालक बनाउनेहरू समेत मानवीय पङ्क्ति छाडेर दानवीय पङ्क्तिमा उभिन पुगेका छन् । कति यस्ता कुरा छन् जसलाई समेट्न नसकिने रहेछ । कति यस्ता कुरा छन्, जसलाई शब्दमा उल्लेख गर्न नसकिँदो रहेछ ।
जानिफकार भएका हैसियतले तिमी स्वयम् ती अमुक र अव्यक्त कुराहरू बुझ्नेछौ र मनमा लागेको ठेसलाई सहज तवरले लिँदै जानेछौ भन्ने आशामा छु । हातमा कलम भएकाले छुच्चो भएर एकाध कुरा बाँड्न पुगेँ । यसबाट सकारात्मक प्रभाव सम्प्रेषण भएछ भने धन्य ठान्नेछु । नकारात्मकतर्फफर्किएछ भने जीवन पनि एक खेल हो भनेर स्वयम् चित्त बुझाउनेछौ भन्ने विश्वासमा रहँदै प्रतिउत्तरको अपेक्षा सहित पत्रान्त गर्दछु । धन्यवाद !
त्रि्रो शुभचिन्तक- अक्षान्त
भाषा, साहित्य, कला र संस्कृति हाम्रा सम्पत्ति हुन् । यस क्षेत्रको विकासमा राज्य वा स्थानीय क्षेत्रबाट खासै रूचि नदेखाइए पनि जनस्तरबाट बडो उत्साह र उमङ्गका साथ लिएको पाइन्छ । यस क्षेत्रलाई आदर र सम्मानका रूपमा लिनु जरूरी छ । यो क्षेत्र आर्थिक समुन्नतिको एउटा पाटो समेत बन्न सक्छ । यसले मौलिक सांस्कृतिक पक्षको जगर्ना गर्ने काम समेत गर्दछ । यस क्षेत्रमा लाग्नेहरूलाई जीवन-गुजारा चलाउन त धौधौ पर्ने गरेको छ तर यसको संरक्षण र विकासले सांस्कृतिक परम्परालाई जगर्ेना गर्न र मौलिक इतिहास निर्माण गर्न ठोस सहयोग पुग्ने देखिन्छ । समाजमा देखिएको अराजकता र अस्तव्यस्ततालाई निर्मूल पारी समुन्नत समाजको सिर्जनामा समेत यस क्षेत्रले एक शक्तिशाली अस्त्रको काम गर्न सक्छ । यिनै कुराहरूलाई हृदयङ्गम गरी गीतकार ‘गगन’ले गीति विधामा कलम चलाएका छन् । उनको ध्येय समृद्धशााली समाजको सिर्जना गर्नु रहेको बुझिन्छ ।
गीतकार केदार श्रेष्ठ ‘गगन’ले गीतका माध्ययमबाट मानवीय मूल्य र मान्यता धरासायी हुँदै गएकोमा खेद प्रकट गरेका छन् । विदेसी भूमि ससुराली घर नभएर जिउँदो नरक भएको अनुभूति पोखेका छन् । ‘धेरै पछि’ नामक गीतमार्फ् डाइस्पोरिक चिन्तनलाई सशक्त ढङ्गले अघि सारेका छन् । जदौ !!!